२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

अन्नपुर्ण बाल तथा महिला अस्पतालमा निशुल्क स्वास्थ्य शिविर

पोखरा भ्यूज

पोखरा । अन्नपूर्ण बाल तथा महिला अस्पतालले कुँडहर आधारभूत बिध्यालयका बिध्यार्थी शिक्षक तथा बिध्यार्थीका अभिवावकहरुको नि:शूल्क स्वास्थ्यपरिक्षण गरेको छ । पोखरा महानगरपालिका-१०, शिवचोकमा अवस्थित अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व स्वरुप यस्ता खालका सामाजिक कार्यहरु गर्दै आईरहेको अस्पतालका सन्चालक सन्तोष पान्डेले बताए । पोखरामानै पहिलो पटक महिला तथा बालबालिका अस्पतालको रुपमा सर्वशुलभ मुल्यमा छिटो छरितो र स्तरिय सेवा प्रदान गर्दै आइरहेको बताउदै आगामी दिनमा थप स्तरिय, छरितो र सर्वसुलभ बनाउन लागिपर्ने बताए । अस्पतालका अध्यक्ष विश्व घिमिरेले यस्ता सामाजिक उत्तरदायित्व कामहरुलाइ निरन्तरता दिदै जाने जानकारी दिए । शिविरमा ९० जना बिध्यार्थी तथा तिनका अभिवावकहरुले स्वास्थ्य परिक्षण गराएका छन् । उक्त स्वास्थ्य शिविरमा जनरल परिक्षण, पिसाव परिक्षण, दाँत परिक्षण साथै आँखा तथा कानको परिक्षण गरिएको थियो । अस्पतालले बिध्यार्थी शिक्षकलाई सबै खाले उपचारमा २५ प्रतिशत सहुलियत दिने बारेमा पनि सहमती भएको छ । बिध्यालयको तर्फबाट बिध्यालयका प्रध्यानाधापक निलकण्ठ पाठकको उपस्थिती रहेको थियो।अघिल्लो वर्ष विधालयमा भएको शिविर फलदायी भएकाले यसवर्ष पनि अस्पताललाइ आग्रह गरिएको प्रअ पाठकले जानकारी दिए । स्वास्थ्य परिक्षणमा बाललरोग बिषेशज्ञ डा. किरण शर्मा , विधान घिमिरे साथै सुगर प्रेशर तथा थाईराईड रोग बिषेशज्ञ फिजिसियन डा. सुरज लामिछाने लगाएतको उपस्थिती रहेको थियो। शिविरको महत्व वारेमा प्रकास पार्दै बालरोग विशेषज्ञ डा.किरण शर्माले वालवालिकाले डाक्टरसंगको परामर्श बिना औषधि सेवनले वालवालिकामा गम्भिर खालका असर देखिने भएकोले अनावश्यक औषधि डाक्टर परामर्श बिना सेवन नर्गन आग्रह गरे । रामघाट युवा क्लब सचिव अमित गुरूङको बिषेश संयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सामाजिक क्षेत्रमा सक्रिय क्लवले यस्ता कार्यक्रमलाइ निरन्तर अगाडि बढाउने सचिव गुरुङले बताए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…