7Shares

पोखरा भ्यूज
पोखरा, २९ साउन । नेपाल खानेपानी संस्थान पोखरा शाखामा आवद्ध ग्राहक सन्तुष्टी सर्वेक्षण प्रभावकारी भएको बताइएको छ । सहरी क्षेत्रमा खानेपानी आपुर्ति सुधारका लागि संस्थानको क्षमता अभिवृद्धि परियोजना अन्तर्गत जापानिज सहयोग नियोग जाईकाको सहयोगमा आइतबार पोखरामा भएको कार्यक्रममा ग्राहक सन्तुष्टी सर्वेक्षणको बारेमा विभिन्न धारणा व्यक्त गरिएको हो ।
कार्यक्रममा नेपाल खानेपानी संस्थान संस्थागत सेवा महाशाखाका प्रमुख एवं परियोजनाका प्रोजक्ट म्यानेजर त्रीदीपकुमार श्रेष्ठले समय अनुसार परिवर्तित विषय र चाहनालाई जापान सरकार जाईकाले खानेपानी क्षेत्रमा ठूलो सहयोग गरेको बताएका छन। परिवर्तनलाई दीगो र संस्थागत गर्न खप्पिस जापान र जाईकाको टिमले गरेको सहयोगको प्रशंसा गर्र्दै संस्थागत महाशाखा प्रमुख श्रेष्ठले उपभोक्तालाई दिने सन्तुष्टी नै संस्थानको सेवा हुने बताए ।
निमित्त महाप्रबन्धक समेत रहेका श्रेष्ठले आगामी दिनमा थप योजनामार्फत खानेपानी संस्थान र जाईकाबीच थप सम्झौता र सेवाप्रदायक संस्था खानेपानी संस्थानलाई बलियो बनाउने अभियानमा हाम्रो टिम क्रियाशील भएर लाग्ने धारणा व्यक्त गरे । कार्यक्रममा स्वागत मन्तव्य समेत व्यक्त गरेका परियोजनाका डिपुटी म्यानेजर तथा नेपाल खानेपानी संस्थान पोखरा शाखाका प्रमुख आशिष कार्कीले सहरी क्षेत्रमा खानेपानीको क्षमता अभिवृद्धि अतिनै उपयुक्त भएको बताए ।
प्रमुख कार्कीले अन्तक्र्रियात्मक शैलीमा जाईकाको तर्फबाट आएको सल्लाह तथा सुझावलाई संस्थागत गर्दै संस्थान सकारात्मक कार्यमा अघि बढ्ने बताए । जाईका परियोजनाका चिफ एडभाइजर डा.याशुको कामेगाईले ग्राहक सन्तुष्टी सर्वेक्षण नतिजाले नेपाल खानेपानी संस्थान पोखरा शाखाको सुधारकोलागि आवश्यक योजना निर्माण गर्न प्रभावकारी भएको बताए ।
कार्यक्रममा नेपाल खानेपानी संस्थान विरगञ्ज शाखाका कार्यालय प्रमुख ई. निरण महर्जनले आय नभएको र सामाजिक सर्भेलेमात्र सफलता नहुने बताए । उनले टेस्ट गर्ने प्रविधिमार्फत अघि बढ्न सुझाव दिँदै टेक्निकल सर्भेलाई प्राथमिकता दिन सक्नु पर्ने धारणा राखेका थिए । अन्तक्र्रियात्मक छलफलमा जाईका टोलीका डिपुटी चिफ एडभाइजर कोजी नाईतो, वितरण प्रणाली विज्ञ हाडा सान, जाईका टोलीतर्फका सहजकर्ता ई. दीपक सुवेदी लगायतले विषयगत छलफल गरेका थिए ।
भर्चुअल प्रविधि समेत समेत प्रयोग भएको छलफलमा खानेपानी संस्थानका विभिन्न शाखा कार्यालयका प्रमुखहरु ई. शैलेन्द्रकुमार साह, ई. मोहनदत्त भट्ट, ई. राकेश गोइत, अजयकुमार शाह, हरिकुमार श्रेष्ठ, संगिता थापा, लक्ष्मी झा, गोविन्द शाह लगायतले भाग लिएको कार्यक्रम सञ्चालक विष्णुप्रसाद रेग्मीले जानकारी दिए ।

7Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected