२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

भारतीय स्वतन्त्रता दिवस पोखरामा

पोखरा भ्यूज
पोखरा, ३० साउन । भारतको ७६औँ स्वतन्त्रता दिवस पोखरामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । भारतले सन् १९४७ देखि हरेक वर्ष तत्कालीन ब्रिटिस शासकबाट मुक्ति पाएको दिन अगस्ट १५ लाई स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ ।
स्वतन्त्रता दिवसको अवसरमा भारतीय दूतावास पेन्सन वितरण कार्यालय(पीपीओ) रामबजार पोखराले सोमवार विशेष कार्यक्रमको आयोजना गरी मनाएको हो । सो अवसरमा झण्डोतोलन सहित भारत र नेपाल दुवै देशको राष्ट्रिय गान गाईएको थियो ।
पेन्सन वितरण कार्यालय रामबजार पोखराद्वारा आयोजित स्वागत समारोहमा पीपीओ प्रमुख लेफ्टिनेन्ट कर्णेल शशांक त्रिपाठीले उपस्थित सम्पूर्णलाई आगन्तुकलाई स्वागत गरेका थिए ।
पीपीओ प्रमुख त्रिपाठीले नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय सहकार्य रहेको बताए । त्रिपाटीले सदिँयौदेखि नेपालीको भारतीय सेनामा सहभागिता रहेकोमा भारतलाई गर्व रहेको बताउदै विश्वमै बहादुरी र बफादारीरुपमा परिचित वीर गोर्खा भूपू तथा तिनका आश्रित परिवारजनप्रति भारतले सेवानिवृत्त हुँदासमेत आवश्यक सेवासुविधालाई उच्च प्राथमिकता दिएको उल्लेख गरेका थिए ।
समारोहमा नेपाल–भारतमैत्री विद्यालयका बालबालिकाले नेपाली र भारतीय बिबिध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने उत्कृष्ट कर्मचारी एसटिओ डोलबहादुर थापा, युडिसी भरत भूषण पाण्डे लगाएतका कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।


उक्त समारोहमा पोखराका उद्योगपति, व्यापारी, समाजसेवी, कामको सिलसिलामा पोखरामा रहेका भारतीय नागरिक र वरिष्ठ सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…