२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

डिष्ट्रिक्ट ३२५ आईद्वारा लमजुंगस्थित ३ क्लबलाई ल्यापटप प्रदान

लमजुंग, बेशिशहर । डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर राम बसेलले लमजुंगस्थित ३ वटा लायन्स क्लबलाई ल्यापटप प्रदान गरेका छन । डिष्ट्रिक्ट ३२५ आई नेपाल रिजन ७ जोन १५ अन्तर्गतका ३ वटा लायन्स क़्लबको संयुक्त पदस्थापन समारोहमा आवश्यकताका आधारमा जहिकहि वितरण गर्नका लागि  ल्यापटप प्रदान गरिएको डिष्ट्रिक्ट गभर्नर राम बसेलले जानकारी दिएका छन ।

विहिवार लमजुंगस्थित बरण्डा पार्टी प्यालेसको सभाहलमा सम्पन्न पदस्थापन तथा सपथग्रहण समारोहमा लायन्स क्लब अफ लमजुंग बेशिशहर, लायन्स क्लब अफ लमजुंग टुगेदर वि क्यान तथा लायन्स क्लब अफ लमजुंग ग्लोबल सिटीका अध्यक्ष एवं क्लब पदाधिकारीलाई समारोहका प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर एवं पदस्थापन अधिकृत राम बसेलले पद ग्रहण सहित पदस्थापन गराएका थिए ।  

सो अवसरमा गभर्नर बसेलले लायन्स क्लब अफ लमजुंग टुगेदर वि क्यानको स्पोन्सरमा गठित लियो क्लब लियो क्लब अफ लमजुंग टुगेदर वि क्यानको चार्टर हस्तान्तरण गरेका थिए ।

समारोहमा लायन बर्ष २०२१/२२ का लायन्स क्लब अफ लमजुंग बेशिशहर बिजय घिमिरे र टुगेदर वी क्यानका सरिता सापकोटाले आफ्ना कार्यकालमा सम्पादन गरिएका मानवीय सेवाका कार्यहरू प्रस्तुत गरेका थिए भने लायन बर्ष २०२२/२३ का दुवै क्लबका अध्यक्षहरू टुगेदर वी क्यानका पार्वती श्रेष्ठ र लमजुंग बेशिशहरका विवश बुढ़ाथोकी साथै लियो क्लबका अध्यक्ष टुगेदर वी क्यान सुगम देउजा र बेशिशहरका निश्चल पाण्डेले हालसम्म सम्पादन गरिएका कार्यसहित बाँकी कामहरूको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

समारोहमा लायन्स क्लब बेशिशहरका लायन्स सदस्य अश्विन गुरूङ क्लोहासोथर गाउँपालिका वडा नं ३ को वडाध्यक्ष र टुगेदर वी क्यानका लायन्स सदस्य पवित्रा थापा बेशिशहर नगरपालिका वडा नं ८ को वडाध्यक्षमा निर्वाचित भएकोमा प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर राम बसेलले सम्मान गरेका थिए ।

समारोहमा डिष्ट्रिक्टका प्रथम र द्वित्तिय भाईस गभर्नरद्वय चन्द्रकुमार केसी/ बिनोद ढुङगाना, डिष्ट्रिक्ट चिफ एडभाईजर पार्वती खरेलले डिष्ट्रिक्टको छविलाई उचाइमा पु–याउन मन बचन र कर्मले लागि पर्न आग्रह गर्दै डिष्ट्रिक्ट ३२५आई नेपालको गरिमालाई उचो राख्न डिष्ट्रिक्ट गभर्नरले ल्याएका कार्यक्रमलाई सफल बनाउन अनुरोध गरेका थिए ।

लायन्स क्लब अफ लमजुंग बेशिशहरका २०२१/२२ का अध्यक्ष बिजय घिमिरेले पहिलो सत्र र २०२२/२३ का अध्यक्ष विवश बुढ़ाथोकीले दोस्रो सत्रको अध्यक्षता गरेको कार्यक्रममा टुगेदर वि क्यानका संस्थापक अध्यक्ष एवं जोन १५ का जोन चेयर पर्सन पायल शर्मा, टुगेदर वि क्यानका पूर्व अध्यक्ष आयुशा मियाँ, लमजुंग बेशिशहरका २०२२/२३ का सचिव नबिन श्रेष्ठ २०२१/२२ का सचिव बिमल अधिकारी लगाएतले मन्तव्य राखेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…