
पोखरा, ९ भदौं । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले डिष्ट्रिक्ट आईले धेरै सफलता हासिल गरेको बताएका छन । विहिबार पोखरामा सम्पन्न रिजन ५ जोन ९ का क्लबहरूको संयुक्त पदस्थापन, पद ग्रहण, चार्टर प्रिजेन्टेशन एवं नयाँ क्लब उद्घाटन समारोहमा लायन बर्ष २०२२/२३ सुरु भएको दुईमहिना पनि नपुग्दै धेरै सफलता हासिल गरेको बताएका हुन ।
सर्भिस, लिडरसिप र फेलोसिप लायन्स अन्तराष्ट्रियका तिन कार्यक्षेत्रलाई प्राथमिकतामा राखि डिष्ट्रिक्ट ३२५आईले विश्व लायन्स जगतका पुर्याएको योगदान र भुमिकाको साखलाई कायम राख्दै जानु पर्ने पनि बताए ।
डिष्ट्रिक्ट गभर्नरको यस बर्षको महत्वपूर्ण योजना “मेरो डिष्ट्रिक्ट बलियो डिष्ट्रिक्ट” र “एक पटकको लायन्स सधैको लायन्स” भन्ने अभिप्रायका साथ क्लबका सम्पूर्ण सदस्यहरुलाई स्थायी सदस्य बनाउने अभियानमा पनि सफलता हासिल गरेको गभर्नर बसेलले बताए । सो अवसरमा बसेलले लायन्स अन्तराष्ट्रियबाट नयाँ प्रोजेक्ट ल्याउने गरी कार्यहरु अगाडी बढेको पनि बताए ।
भाईस डिष्ट्रिक्ट गभर्नरद्वय चन्द्रकुमार केसी र बिनोद ढुङगानाले डिष्ट्रिक्ट गभर्नरले ल्याएका कार्यक्रमलाई सफल तुल्याउनु हामी सबैको दायित्व रहेको बताउदै पहिलो वर्षमा हामीले सचिवालय लगाएत धेरै कुराहरुको व्यवस्थापन गर्दै डिष्ट्रिक्टलाई चलायमान बनाउनुपर्ने चुनौति रहेको जानकारी गराएका थिए । मजबुत संगठनिक संरचना मार्फत मानविय सेवाका कार्यहरु र समुदायमा लायन्सको ब्राण्डिङ्ग गर्न सहज हुनेमा गभर्नरद्वयको दावी रहेको थियो ।
डिष्ट्रिक्ट गभर्नर राम बसेलले रिजन ५ जोन ९ का क्लबहरू लायन्स क्लब अफ पोखरा ह्यूमानिटीका दिपक अधिकारी, पोखरा कालीगण्डकीका सन्तोषी कुँवर केसी, नयाँ चार्टर क्लब पोखरा फर्निचरका संस्थापक अध्यक्ष रहमोहन सुवेदी र नयाँ उद्घाटित क्लब पोखरा महालक्ष्मीका संस्थापक अध्यक्ष अखिल धमला र पोखरा स्माईलका अध्यक्ष सूर्य प्रसाद काफ्ले एवं क्लब पदाधिकारीहरूलाई पदस्थापन, पद ग्रहण एवं चार्टर प्रिजेन्टेशन गराएका थिए ।
समारोहमा लायन्स क्लब अफ पोखरा ह्यूमानिटी लायन बर्ष २०२१/२२ का अध्यक्ष दिल कुमार श्रेष्ठले आफ़ना कार्यकालमा सम्पादन गरिएका कार्यहरू प्रस्तुत गरेका थिए ।
लायन बर्ष २०२२/२३ का ५ जनै क्लबका अध्यक्षहरूले हालसम्म सम्पादन गरिएका कार्य र बाक़ी रहेका वार्षिक योजनाहरू बारे बोलेका थिए ।
लायन्स क्लब अफ पोखरा ह्यूमानिटीका दिल कुमार श्रेष्ठले पहिलो सत्र र पोखरा कालीगण्डकीका सन्तोषी कुँवर केसीले दोस्रो सत्रको अध्यक्षता गरेको कार्यक्रममा डिष्ट्रिक्ट क्याविनेट ट्रेजरर सूर्यनारायण बराल, ह्यूमानिटीका संस्थापक अध्यक्ष एवं जोन ९ का जोन चेयरपर्सन अनिल सुवेदी, सचिव चन्द्र बानियाँ, प्रकाश लामिछानेले लगाएतले आ–आफ्ना भनाई राखेका थिए ।







सम्बन्धित खवर
















