२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

पोउवा संघका उपमहासचिव खत्रीको महासचिवमा उम्मेदवारी घोषणा

पोखरा । पोखरा उद्योग वाणिज्य संघका हालका उपमहासचिव तथा युवा ब्यवसायी केशव खत्रीले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको भदौ २४ र २५ गते हुने ३४औं महाधिवेसनका लागि खत्रीले महासचिवमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेलको प्यानलबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

यसअघि कार्य समिति सदस्य र उपमहासचिव भएर काम गरेको अनुभव उनीसँग छ । खत्रीले विशाल बजार व्यापारिक एसोसिएसन, फेन्सी व्यवसायी संघ लगायत विभिन्न व्यावसायिक संस्थाको सफल नेतृत्व गरी सकेका छन् ।

विभिन्न व्यावसायिक संघसंस्था र संघको कार्यसमिति तथा उपमहासचिव भएर काम गरेको अनुभवबाट महासचिवमा उम्मेदवारी प्रस्तुत गरेको खत्रीले बताए । उद्योगी व्यसायीहरुको हकहित तथा समग्र पोखराको उद्योग व्यवसायको प्रवद्र्धन गर्न आफ्नो उम्मेदवारी भएको खत्री वताउँछन्।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…