357Shares

पोखरा आसन्न पोखरा उद्योग वाणिज्य संघको ३४औं महाधिवेशनको उद्योग उपाध्यक्षमा देवेन्द्र केसीको उम्मेदवारी रहने भएको

भदौ २४ २५ गते हुने संघको अधिवेशनमा उद्योग उपाध्यक्षमा उम्मेदवारी प्रस्तुत गरेको केसीले बताए । उनले अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेलको प्यानलबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

संघमा वर्षसम्म (दुई कार्यकाल) कार्यसमितिमा रहेर काम गरिसकेको अनुभवबाट मैले उद्योग उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको हुँ,’ केसीले भने, ‘संघमा आबद्ध सम्पूर्ण उद्योगी, व्यवसायीहरुको साथ सहयोग प्राप्त हुनेमा  विश्वस्त छु

उद्योगी ब्यापारीका बिचमा उदयमान चम्किलो ताराका रुपमा देखिएका युबा ब्यवसायी केसी कुटी रिसोर्ट, होटल कुटी, कुटी एग्रो, लेविज मिनिरल वाटर उद्योग, कुटी बैंक्युट, सुपर मेट्रो टुर्स एण्ड ट्राभल, सोनिया अटोमार्ट, सल्यान भदौरे किराना स्टोर्स, बलेनी क्याफे, कुटी अपार्टमेन्ट एण्ड रियलस्टेट कम्पनीका सञ्चालक रहेका छन् । 

केसीले प्रत्यक्ष रुपमा सय जनालाई रोजगारी प्रदान गर्न सफल भएका छन् उद्योगी व्यवसायीहरुको हकहितमा काम गर्ने संघको गरिमालाई थप उच्च बनाउन आफूले योगदान पुर्याउने उनको प्रतिबद्धता

केसी पोखराका उद्योगी ब्यापारीका बिचमा नौलो नाम होईन, पोखरा उद्योग बाणिज्य संघको दुई कार्यकाल कार्यसमिति सदस्य पदमा रहि सफलता पूर्वक आफनो जिम्मेवारी निभाएका एक सफल ब्यवसायी भएको ब्यवसायीहरुको बुझाइ रहेको

357Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected