२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

कास्की क्षेत्र नं ३ ख प्रदेश सभा सदस्यमा पराजुलीको दावेदारी

पोखरा । नेपाली कांग्रेसका युवा नेता भानु पराजुलीले कास्की क्षेत्र नं ३ ख प्रदेश सभा सदस्यको लागि दावेदारी प्रस्तुत गरेका छन् । पार्टीको भेलामा उनले आफु उम्मेदवार वन्न योग्य रहेको दावी राखेको प्रदेश सचिव ठाकुर वरालले जानकारी दिए ।सो प्रदेशमा पराजुली सहित १२ जनाले प्रत्यक्षतर्फ उम्मेदवार वन्न आकांक्षा राखेका छन् । कांग्रेसमा लामो समयदेखि पुस्तान्तरणको मुद्दा उठाउंदै आएका पराजुलीले पुराना र पाका नेताहरूलाई अभिभावकीय दायित्वमा रही नेतृत्व हस्तान्तरणमा सहयोग गर्न अपिल पनि गरेका छन्  ।
भ्रष्टाचार विरोधी अभियानमा सक्रिय पराजुलीले प्रदेशको दिगो विकास, सुसासन र स्थायित्वका लागि आफ्नो दावी रहेको बताए । अहिले प्रदेश ससदमा जुन वेथिती छ, त्यसले संघियता प्रति वितृष्णा जगाएको छ, प्रदेश सरकारहरूले वित्तीय संघीयताको पक्षमा काम गरेका छैनन् त्यसैले विकास तथा निर्माणको सबै काम स्थानीय तहलाई दिएर नीति तथा कानुन निर्माण र अनुगमनको काम मात्रै संसदले गर्नुपर्छ पराजुलीको आफ्नो तर्क छ । म संसद विकास कोष वनाएर पैसा वाड्ने कुराको विपक्षमा छु, म पुल, सड़क वनाउन संसद जाने होईन गरिव, असहाय, महिला, जनजाती र दलित समुदायको हक़ र अधिकार स्थापित गराउने खालका कानुन वनाउने पक्षमा सदैव वकालत गर्छु, पराजुलीले भने ।
आम कार्यकर्ता नेताको फेर समात्ने, पैसा भए टिकट पाइन्छ भन्ने ग़लत मान्यताका विरूद्ध पनि आफ्नो उम्मेदवारी रहेको पराजुलीको भनाई छ ।
आन्तरिक प्रजातन्त्र, सुशासन र जवाफदेहिता विनाको प्रदेश सत्ताको उपयोगीमात्रै बन्न सक्छ, तर समृद्द प्रदेश निर्माण गर्न सकिन्न, पराजुलीले भने अब हाम्रो पुस्ता गाँउलाई सहर होइन, गाँउलाई गाउँकै रुपमा समृद्ध बनाउने सपना, योजना र ताकत सहित चुनावमा जान तयार रहेको बताउछन् । जनताको काखदेखि दुख, पीर, मर्का झेल्दै आएको निष्ठावान, कर्मशील, क्षमतावान पुस्तावाट अबको चुनावमा उम्मेदवार वन्नपर्छ भन्ने जोड पनि आफ्नो रहेको पराजुलीको दावी छ । नवीन चिन्तन र विचार सहितको म र मेरो पुस्ता अर्थात् क्षमतावान, इमान्दार, योग्य र सदाचारी युवाको सशक्त उपस्थिति आगामी संसदीय चुनावमा हुन जरुरी रहेको उम्मेदवार आकांक्षी पराजुलीले भने । प्रदेश अधिवेशन प्रतिनिधि समेत रहेका पराजुली ने.वि, संघ कास्कीका पुर्व सचिव समेत हुन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…