२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

सेराबेँसीको तीजगीत प्रतियोगितामा हिमालय आमा समुह प्रथम

पोखरा, १५ भदौ । शिवशक्ति महिला समुह तथा हिमचुली युवा क्लब शुक्लागण्डकी नगरपालिका वडा नं १ सेराबेँसीद्वारा आयोजित खुल्ला तीजगीत प्रतियो्गितामा हिमालय आमा समुह खुदीखोला प्रथम भएको छ ।
प्रतियोगितामा कर्पाकेली पुन मगर समाज, शुनपा-२ एक्लेखेत द्वितीय र गायत्री आमा समुह पोखरा-३२ स्कुल टोल तृतीय भएका छन् । त्यस्तै शान्ति महिला विकास समुह शुनपा-१ सेराबेशीले सान्त्वना स्थान प्राप्त गरेको छ भने उत्कृष्ट नृत्यतर्फ दिदी बहिनी समुह पोखरा-३२ तल्लो गगनगौंडा विजयी भएको छ ।
प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय, सान्त्वना र उत्कृष्ट नृत्य विजेतालाई क्रमशः १५ हजार, १० हजार, पाँच हजार, तीन हजार र एक हजार ५०० नगद सहित प्रमाणपत्र प्रदान गरियो ।
प्रतियोगिताको उद्घाटन समारोहमा शुक्ला गण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले हाम्रा मौलिक संस्कृतिहरू जगेर्ना गर्नुपर्नेमा जोड दिए । यस क्षेत्रको विकासमा आफ्नातर्फबाट सदैब सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख खुमबहादुर विक(राजु), शुक्लागण्डकी नगरपालिका वडा नं १ का वडा अध्यक्ष रविचन्द्र पौडेल, २ का वडा अध्यक्ष सुमन रानामगर लगायतले तीजको महत्वबारे प्रकाश पारे ।
शिवशक्ति महिला समुहका अध्यक्ष उमा पन्थीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक एवम् हिमचुली युवा क्लबका अध्यक्ष बाबुराम वाग्ले, समाजसेवी डिल्लीराम अधिकारी, वडा सदस्य लक्ष्मीदेवी भण्डारी लगायतले बोलेका थिए ।
कार्यक्रमका लागि शुक्लागण्डकी नगरपालिका र वडा नं १ कार्यालयले क्रमशः २५/२५ हजार रुपैयाँ सहयोग गरेका थिए भने अन्य विभिन्न व्यक्ति तथा संघसंस्थाबाट करिब एक लाख ५० हजार रुपैयाँ संकलन भएको सचिवालय संयोजक ठाकुरप्रसाद खनालले जानकारी दिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…