२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

समग्र उद्योगी व्यवसायीको हित र संस्थाको गरिमालाई उचो बनाउन उम्मेदवारी : पन्त

पोखरा भ्यूज

पोखरा । पोखरा उद्योग वाणिज्य संघको कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका हरिराज पन्तले समग्र उद्योगी व्यवसायीको हित र संस्थाको गरिमालाई उचो बनाउन आफूले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् । संघको ३४औँ महाधिवेशन भदौ २४ र २५ गते हुँदैछ ।

नेपाल वितरक महासंघका केन्द्रिय अध्यक्ष रहेका पन्त संघको दुई कार्यकाल कार्यसमिति सदस्य सहित संघका विभिन्न समिति उप-समितिमा रही आफ्नो ज़िम्मेवारी सफलतापूर्वक पूरा गरेका छन् ।

उनले आर्थिक रुपमा पछि परेकालाई व्यवसायको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न आफूले उम्मेदवारी दिएको बताउदै व्यावसायिक क्षेत्रमा भएका नीतिगत कठिनाईलाई सरकारसँग सहजताको लागि समन्वय गर्दै बजेटमा ल्याइएका व्यावसायिक सहुलियत प्याकेजलाई कार्यान्वयनमा ल्याउन बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्न उम्मेदवारी दिएको बताए ।

विश्वको सबै भन्दा ठुलो सामाजिक संस्था लायन्स क्लब्स अन्तरराष्ट्रिय अन्तर्गतको लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका क्याविनेट सेक्रेटरी समेत रहेका पन्त आफ्नो कामप्रति असाध्यै प्रतिवद्ध भएर लाग्ने र जे काममा हात हाले त्यो काम कार्यकुशलतापूर्वक कार्य सम्पादन गर्ने क्षमता राख्नु हुन्छ, पोखराका एक सफल व्यवसायी एवं लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना बताउछन्, ।

त्यसो त उनले सामाजिक संजाल फेसबुक मार्फ़त नै सार्वजनिक अपिल गरेका छन । अपिलमा भनिएको छ : आदरणीय उधोगी, व्यावसायी मित्रहरु, हार्दिक अपील! पोखरा उधोग वाणिज्य संघको आगामी महाधिवेशनमा कोषाध्यक्ष पदमा सफल युवा व्यावसायी हरिराज पन्तलाई आफ्नो अमूल्य मतको लागी हार्दिक अपिल गर्दछु। उनी जस्तै विभिन्न क्षेत्रमा आफुलाई अब्बल सावित गरेका व्यक्तिहरूले पनि योग्य, ईमान्दार र क्षमतावान पन्तलाई जिताउन अनुरोध गरेका छन् ।

ढुङगाना भन्छन्, ‘व्यापार व्यवसायको क्षेत्रमा राम्रैसंग भिजेका हक्की र आफ्नो कुरा स्पष्ट राख्ने स्वभाव साथै आफ्ना साथीभाई तथा उद्योगी व्यवसायीमा परेको समस्यालाई सहज रूपमा सहजीकरण गर्न सक्ने क्षमता धनि उहाँको अनुभवी व्यक्तित्व नै चुनाव जित्ने आधार भएको उनले बताए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…