२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

लायन्स अन्तर्राष्ट्रियमा, डिष्ट्रिक्ट ३२५ आई नेपाल प्रथम स्थानमा

पोखरा भ्यूज

पोखरा । मानवीय सेवाका कार्यमा क्रियाशील नेपालका लायन्स डिष्ट्रिक्टहरू लायन्स अन्तर्राष्ट्रियमा शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । अगस्ट महिनाको अन्त्यसम्ममा सबैभन्दा बढी नयाँ क्लब लायन्स अन्तर्राष्ट्रियमा चार्टर्ड गर्ने ६ वटा डिष्ट्रिक्ट नेपालका रहेका छन । लायन्स अन्तर्राष्ट्रियमा आवद्व २१० राष्ट्रका करिव ८०० डिष्ट्रिक्ट मध्ये डिष्ट्रिक्ट ३२५ आई नेपालले सर्वाधिक धेरै क्लब, १७ वटा नयाँ क्लब लायन्स अन्तर्राष्ट्रियमा चार्टर्ड गर्न सफल भई प्रथम स्थानमा प्राप्त गरेको हो । त्यस्तै, दोस्रोमा डिष्ट्रिक्ट ३२५ ई बाट १६ क्लब, तेस्रोमा ३२५एच बाट १५, ३२५ जे बाट १४, ३२५ के ले १४ र डिष्ट्रिक्ट ३२५ एम बाट १४ क्लब लायन्स अन्तर्राष्ट्रियमा चार्टडभई शीर्ष ५ भित्र पर्न सफल भएका हुन् ।

नेपालमा भएका १५ वटा डिष्ट्रिक्ट मध्ये डिष्ट्रिक्ट ३२५ आई नेपालमा रामबहादुर बसेल डिष्ट्रिक्ट गभर्नर रहेका छन् । यसै गरी ३२५ ई मा कर्मा गुरुङ,  ३२५ एच मा दिनेश प्रसाद श्रेष्ठ, ३२५ जे ध्रुव श्रेष्ठ, ३२५ के राजेन्द्र बाटाजु, ३२५ एम मा महेन्द्र पौडेल डिष्ट्रिक्ट गभर्नर रहेका छन् । यि मध्ये डिष्ट्रिक्ट आई, जे, के र एम साविक लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालको गत माघमा सम्पन्न दशौं महाधिबेशन पश्चात डिष्ट्रिक्ट बाईफर्गेसन पछि बनेका डिष्ट्रिक्ट हुन् ।
बिश्वका २१० मुलुकमा संगठन बिस्तार गरिसकेको विश्वको सबैभन्दा ठूलो सामाजीक संस्थाको रुपमा स्थापित लायन्सको संस्थापक अमेरिकन नागरिक मेल्भिन जोन्स हुन् । उनले सन १९१७ मा अमेरिकाको सिकागो शहरबाट लायन्स अभियान सुरुवात गरेका थिए भने नेपालमा पूर्व प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाले सन् १९७१ मा आफनै अध्यक्षतामा लायन्स क्लव अफ बिराटनगरको स्थापना गरी नेपालमा लायनवादको विस्तार गरेका थिए । निस्वार्थ मानबिय सेवा गर्ने उद्देश्यले स्थापना भएको विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था लायन्समा विश्वभर १४ लाख बढी र नेपालमा पचास हजार बढ़ी लायन्स सदस्यहरु आवद्व रहेका छन् ।

डिष्ट्रिक्ट पहिलो स्थानमा रहन सफल भएपछि प्रतिक्रिया दिदै लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले कार्यकाल सुरु गरेको दुई महिना भित्र मै नयाँ लायन्स क्लब लायन्स अन्तर्राष्ट्रियमा चार्टड गरेर विश्व रेकर्ड कायम गरेकोमा गर्व महशुष गर्दै यस अभियानमा डिष्ट्रिक्टका अग्रज लायन्स लिडरको सहयोग र साथ, मेरो क्याविनेट टिम, क्लब अध्यक्ष लगायत सम्पूर्ण लायन सदस्यको योगदानका साथै टिमवर्कले नै सम्भव भएको बताए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…