२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
अर्थ र वाणिज्य

मुक्तिनाथ बैंक वालिङको वित्तीय साक्षरता

स्याङ्जा, २६ भदौ । मुक्तिनाथ विकास बैंकको वालिङ शाखाले शाखामा आबद्ध महिला सदस्यलाई वित्तीय साक्षरता प्रदान गरेको छ । बैंकले संचालन गरेको लद्युवित्त बैंकिङ् सेवा मार्फत कर्जा लिएका महिला सदस्हरुलाई वित्तीय साक्षरता प्रदान गरेको हो ।
वित्तीय साक्षरता कार्यक्रममा बोल्दै मुक्तिनाथ विकास बैंकका लद्युवित्त बैंकिङ् प्रमुख शर्मिला लम्सालले लद्युवित्त मार्फत महिलाहरुको आयआर्जनमा टेवा पुर्‍याउन बैंकले ठूलो रकम लगानी गरेको बताईन् । बैंकको ऋण लगानीमा महिलाहरु स्वरोजगार बन्न समेत सफल भएको उनले बताईन् ।
कार्यक्रममा बोल्दै वालिङ नगरपालिका वडा नं. ८ का वडाध्यक्ष दामोदर तिवारीले महिलाहरु स्वरोजगार बन्दा समाज आर्थिक रुपमा अनुसाशित बन्ने गरेको जिकिर गर्दै महिलाहरु मार्फत हुने गरेको बचत दिगो हुने गरेको बताए ।
वित्तीय साक्षरतामा बैंकका उप-क्षेत्रिय कार्यालय स्याङ्जाका प्रमुख नबिन काफ्ले र अनुगमन अधिकृत बालकृष्ण रेग्मीले मुक्तिनाथ बैंकले खास गरी महिलालाई प्राथमिकतामा राखेर वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको बताए । उनीहरुले वित्तीय साक्षरता मार्फत आयआर्जनमा बृद्धि र बचत गर्ने बानीमा विकास भएको दाबी गरे ।
त्यस अवसरमा बोल्ने बक्ताहरुले महिलाले नेतृत्व गरेको काममा आर्थिक लगानीले प्रतिफल दिएको बताए । महिलाको आर्थिक विकासमा लद्युवित्त विभागले पुर्‍याएको योगदानको चर्चा गर्दै देशभर लाखौलाख महिलाहरु स्वरोजगार बन्न सफल भएको उनीहरुको भनाई थियो ।
महिला समूह सदस्य गंगाकुमारी शर्माको अध्यक्षतामा भएको वित्तीय साक्षरता कार्यक्रमको संचालन राधाकुमारी पराजुलीले गरेकी थिईन् । वालिङस्थित पतञ्जली योग शिविर भवनमा सम्पन्न कार्यक्रममा स्वागत बैंकका शाखा प्रमुख सुन्दर श्रेष्ठले गरेका थिए भने बैंकको प्रतिवेदन विभागका वालिङ प्रमुख मेघराज ढकालले प्रस्तुत गरेका थिए ।
मुक्तिनाथ विकास बैंकको वालिङ शाखा मार्फत महिला सदस्यहरुलाई १९ करोड बढि ऋण लगानी रहेको बैंकले जनाएको छ । लद्युवित्त बैंकिङ्मा ३ हजार १ सय ८ महिला सदस्य रहेको बैंकको वालिङ, गल्याङ् तथा चापाकोट नगरपालिकासँगै बिरुवा र हरिनास गाउँपालिका कार्य क्षेत्र रहेको छ ।

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर सम्पन्न, शुक्रबारदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत रूपमा सञ्चालनमा…