२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
अर्थ र वाणिज्य

अर्जुनचौपारीमा मुक्तिनाथ बैंकको वित्तीय साक्षरता

स्याङ्जा, २९ भदौ । मुक्तिनाथ विकास बैंक अर्जुनचौपारी शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंक अन्र्तगत लद्युवित्त विभागमा आबद्ध महिला सदस्यहरुको सहभागितामा अर्जुनचौपारी बजारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।

वित्तीय साक्षरतामा सहभागि महिला सदस्यहरुलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले मुक्तिनाथ विकास बैंकको लगानीमा ग्रामीण क्षेत्रका महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर बन्दै गएको बताए । महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर भएमात्रै परिवारका सदस्यहरु खुसि र सुखि हुने अध्यक्ष तिवारीले बताए ।

वित्तीय साक्षरता कार्यक्रममा बोल्दै मुक्तिनाथ विकास बैंकका समाबेशी बैंकिङका प्रमुख विजय गुरुङ्ले मुक्तिनाथ बैंकले स्थापना कालदेखि ग्रामीण भेगमा बसोबास गर्ने महिलाहरुको आर्थिक विकासमा लगानी गर्दै आएको बताए । उनले महिलाहरुलाई आत्मनिर्भर बनाउन बैंकले समयसापेक्ष रुपमा लगानी बृद्धि गर्दै जाने सुनाए ।

कार्यक्रममा अर्जुनचौपारी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष नारायण ढकाल, मुक्तिनाथ विकास बैंकका उप-क्षेत्रिय कार्यालय स्याङ्जाका प्रमुख नविन काफ्ले, अनुगमन अधिकृत बालकृष्ण रेग्मीले व्यवसाय बृद्धि गर्न बैंकले सबै क्षेत्रका व्यवसायीसँग हातेमालो गर्ने बताए ।

त्यस अवसरमा मुक्तिनाथ कृषि कम्पनी क्षेत्रिय कार्यालय पोखराका प्रमुख भुमीराज भण्डारीले बैंकसँगै कृषि कम्पनी मार्फत मुक्तिनाथले आयात निरुत्साहित गर्न उत्पादनमा जोड दिएको बताए । मुक्तिनाथ कृषि कम्पनीले कृषिमा आधुनिकीरण गर्नका लागि कृषकसँग सहकार्य गर्दै अगाडी बढ्ने योजना बनाएको प्रमुख भण्डारीले बताए ।

वित्तीय साक्षरता कार्यक्रम ४४ नं. का केन्द्र प्रमुख तथा गाउँपालिकाका उपाध्यक्ष सपना गुरुङ्को अध्यक्षतामा भएको कार्यक्रमको संचालन सौराज अर्यालले गरेका थिए । कार्यक्रममा स्वागत तथा बैंकको प्रगति प्रतिवेदन शाखाका प्रमुख निर्मल मरासिनीले प्रस्तुत गरेका थिए ।

मुक्तिनाथ विकास बैंक अर्जुनचौपारी शाखामा १ सय १९ महिला समूहमा झण्डै ३ हजार महिलाहरु आबद्ध छन् । बैंक मार्फत करिब १९ करोड ऋण लगानी भएको बैंकले जनाएको छ । बैंकले पुतलीबजार र भीरकोट नगरपालिका तथा अर्जुनचौपारी, आँधीखोला गाउँपालिका र पर्वतको महाशिला गाउँपालिकामा सेवा प्रबाह गर्दै आएको छ ।

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर सम्पन्न, शुक्रबारदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत रूपमा सञ्चालनमा…