२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खेलकुद

पोखरामा ‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ प्रतियोगिता सुरु

पोखरा, ६ असोज । पोखरामा बिहिबारदेखि ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि-२ र्‍याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप-२०२२’ सुरु भएको छ ।
नेपाल तेक्वान्दो संघ, अन्र्तराष्ट्रिय नेपाली तेक्वान्दो संघ र गण्डकी प्रदेश तेक्वान्दो संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरेका हुन् । पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हल र ब्याटमिण्टन कोर्टमा सुरु भएको प्रतियोगिता भदौ ९ गतेसम्म चल्नेछ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले प्रतियोगिताले नेपालको समृद्धि, पर्यटन, राष्ट्रियता र भाइचाराको सम्बन्ध बढाएको बताए । खेलाडीहरुले खेल खेल्ने काम मात्र होइन सद्भावना दुतका रुपमा अघि बढेको उनको भनाई थियो । प्रतियोगिताको महत्वलाई व्याक्ति, समाज र राष्ट्रले बुझेकाले तेक्वान्दोको विश्वस्तरीय प्रतियोगिता पोखरामा गर्न सहयोग गर्ने विश्व तेक्वान्दो महासंघलाई धन्यवाद दिए । आगामी दिनमा गण्डकी प्रदेश भित्र खेल पूर्वाधार निर्माणका लागि केन्द्र सरकारसँग सहकार्य गर्दै अघि बढ्ने उनले प्रतिवद्धता जनाए ।


कार्यक्रममा विश्व तेक्वान्दो महासंघका अध्यक्ष डा. चुङ वाङ चोइले विश्वभरका तेक्वान्दो खेलाडी पोखरा आएर खेल्न पाउनु सौभाग्यको विषय भएको बताए । अन्नपूणर् र माछापुच्छ्रेको काखमा तेक्वान्दो खेल्नु खेलाडीका लागि सुखद रहेका उनले सुनाए । एसियन तेक्वान्दो यूनियनका अध्यक्ष प्रोफेसर क्यू सिको लिले सुन्दर नगरी पोखरामा प्रतियोगिता आयोजना गरेर आयोजकले पोखरासँगको सामिप्यता बढाउने काम गरेको बताए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले प्रतियोगिताले खेल क्षेत्र चलायमान गराएको बताए । प्रदेशमा खेल गतिविधि बढेकाले सरकारले पूर्वाधारमा विकासमा जोड दिनुपर्ने उनको भनाई थियो । प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले यस प्रतियोगिताले गण्डकीमा हुने नवौं खेलकुदलाई सहयोग पुर्‍याउने अपेक्षा गरे ।
नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणा र कार्यकारिणी समितिका अध्यक्ष तथा गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङले प्रतियोगिता लामो संघर्षपछि नेपालका भएकाले यसलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । जसले गर्दा विश्वभरी नै राम्रो सन्देश जाने उनीहरुको भनाई थियो ।
गण्डकी प्रदेश तेक्वान्दो संघका सचिव रमेश पौडेलका अनुसार प्रतियोगितामा सहभागी हुन १३ देशका १ हजार ४ सय २५ खेलाडी पोखरा आएका छन् । एउटै खेलका लागि यति ठुलो संख्यामा सहभागिता नेपाली खेलकुदको संभवत् इतिहासमानै पहिलो भएको दावी आयोजक संघले गरेको छ । प्रतियोगिता अन्तर्गत रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा जि-२ र्‍याकिङ तथा ब्याटमिन्टनको हलमा पुम्सेका खेलहरु भईरहेका छन् ।
प्रतियोगितालाई सफल बनाउन राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश सरकार, यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगर पालिका, नेपाल ओलम्पिक कमिटि, प्रदेश खेलकुद परिषद गण्डकी, माछापुच्छ्रे बैंक लिमिटेड, हिमालयन एभरेष्ट इन्सोेरेन्स लिमिटेड, कृषि विकास बैंक लिमिटेड, नेपाल एसविआई बैंक लिमिटेड, इन्टरनेशनल नेप्लिज तेक्वान्दो एसोसियसन, कर्माचार्य फुड्स एण्ड बेकर्स प्राली, नेपाल पर्यटन वोर्ड, पोखरा पर्यटन परिषद, वुद्ध इएर, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, हिमालयन अफिस अटोमेसन, भायनेट, नेपाल भूतपूर्व खेलाडी मञ्च लगायतको सहयोग गरेका छन् ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…