0Shares

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ।

आइतबार सम्पन्न फाइनल प्रतिस्पर्धामा रमेश–खेमको जोडीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्यो। योगेन्द्र कार्की र सिद्धार्थ घलेको जोडी उपविजेतामा सीमित हुँदा ओम गौचन–नरेश गुरुङ तथा भरत गुरुङ–कुमार गुरुङको टोलीले संयुक्त रूपमा तेस्रो स्थान हासिल गरे।

१६-२१ पहिलो, २१-११ मा फरकायो र २१-१२ मा सजिलै आफ़नो पोल्टामा ल्याएको थियो ।

विजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई वडा अध्यक्ष राममोहन आचार्यले प्रमाणपत्र, मेडल तथा नगद पुरस्कार प्रदान गरे।

उनिहरुले क्रमश नगद १२ हजार, ८ हजार र ३ हजार ५ सय साथमा प्रमाणपत्र, मेडल प्राप्त गरे ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष आचार्यले स्थानीय स्तरमा खेलकुदको विकास, प्रतिभा पहिचान र युवालाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्न वडा कार्यालय निरन्तर प्रतिबद्ध रहेको बताए। प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति उनले धन्यवाद व्यक्त गरे।

प्रतियोगितामा १७ वर्षदेखि ७१ वर्ष उमेर समूहका खेलाडी सहभागी भएका थिए। कुल १६ टोलीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ। आयोजकका अनुसार प्रतियोगिताले स्थानीय खेलकुदको विकास, युवा सहभागिता र सामाजिक एकता सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

कार्यक्रममा वडा सदस्यहरू वसुन्धरा लामिछाने, सुनीता सुनार, अर्जुन थापा, विष्णुमणि बराल, वडा सचिव राजेन्द्र पौडेल तथा विभिन्न संघ–संस्थाका प्रतिनिधि र खेलकुद क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वडा अध्यक्ष आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा स्तरबाट खेलकुद गतिविधिलाई निरन्तर प्रवर्द्धन गर्दै स्वस्थ, अनुशासित र सक्रिय समाज निर्माणमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिइयो।

यसअघि उद्घाटन समारोहका प्रमुख अतिथि बरालले खेलकुदले स्वस्थ जीवनशैली, अनुशासन, भाइचारा र सामाजिक सद्भावलाई सुदृढ बनाउने उल्लेख गर्दै यस्ता प्रतियोगिताले युवालाई सकारात्मक गतिविधितर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए। उनले स्थानीय तहले खेलकुद विकास र खेलाडी प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected