8Shares

पोखरा । प्रतिनिधिसभाका तीन र प्रदेशसभाका छ गरी नौ निर्वाचन क्षेत्र रहेको कास्कीमा मङ्सिर ४ गतेका निर्वाचनका लागि विहिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय सहित तीनवटै क्षेत्रका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कास्कीका मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले कार्यालयहरुको उद्घाटन गर्नुभयो ।

प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्र अन्र्तगत कास्की जिल्ला क्षेत्र नम्बर १ को लागि पोखरा–१२ स्थित पशु सेवा निर्देशनालय परिसर रामघाट, क्षेत्र नम्बर २ का लागि पोखरा सभागृह हल परिसर र क्षेत्र नम्बर ३ का लागि शहीदचोकस्थित जिल्ला समन्वय समितिमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय समन्वयमा रहनेछ ।

निर्वाचन अन्तर्गत असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम हुँदैछ । मनोनयन दर्ताको लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालय पोखराका प्रमुख एवं प्रदेश निर्वाचन अधिकृत हुमनाथ पराजुलीले बताउनुभयो ।

उहाँका अनुसार गण्डकी प्रदेश अन्र्तगतका चार जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना छ । विभिन्न निकायसँग समन्वय सहकार्य गरेर निर्वाचन अधिकृतहरुको कार्यालय स्थापना गरिएको उहाँको भनाई थियो ।

8Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected