२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

फेवाताल सरसफाई महाअभियान सम्पन्न

पोखरा। पोखरा महानगरपालिकाको अगुवाइमा मंगलवार बिहान फेवाताल सरसफाई महाअभियान सम्पन्न भएको छ ।

पोखरा-१७, ड्यामसाईडदेखी पोखरा-१८, चङ्खपुरसम्मको क्षेत्रमा विभिन्न ३३ वटा पोइन्टहरु निर्धारण गरी फेवाताल सरसफाइको महाअभियान सञ्चालन गरिएको थियो । ती ३३ वटा पोइन्टहरुमा ३३ वटै वडाका वडाध्यक्षहरूको नेतृत्वमा सरसफाई महाअभियान सम्पन्न भएको पोखरा-२५ का वडाध्यक्ष एवं महानगरका प्रवक्ता मोती तिमिल्सिनाले जानकारी दिनुभयो ।

विश्व राम सार सूचिमा सूचीकृत एवं पोखराको पहिचानका रूपमा स्थापित फेवातालको संरक्षण, विकास र प्रवर्द्धन साथै यसको स्वच्छता र सुन्दरता कायम राख्ने उद्देश्यले सरकारी तथा गैरसरकारी संघ संस्थाको सहयोगमा सरसफाई अभियान सम्पन्न गरिएको तिमिल्सिनाले बताउनु भयो।

अभियानमा सुरक्षा निकाय, जनप्रतिनिधि एवं कर्मचारी, नागरिक समाज, आमा समुह, टोल विकास संस्था, युवा क्लब, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरू, सहकारी संस्थाहरू, बैंक तथा वित्तीय संस्थाहरू, राजनीतिक दल, उद्योगी व्यवसायी, पर्यटन सम्बद्ध सङ्घसंस्थाहरू लगायत सरोकारवालाहरूको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो।

वर्षातको समयमा माथिल्लो क्षेत्रबाट बगेर आउने विभिन्न प्रकारका फोहोरजन्य वस्तु तथा जलकुम्भी झारको फैलावटले फेवातालको सुन्दरतालाई सङ्कुचित एवं अस्वाभाविक बनाउने गरेको छ । विभिन्न क्षेत्रहरूबाट चिन्ता र चासो व्यक्त गरिएका भए पनि पहिलो पटक पोखरा महानगरपालिकाको नेतृत्वमा वृहद सरसफ़ाई कार्यक्रम गरिएको हो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…