
पोखरा । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालको पोखरामा हुन गैरहेको दोस्रो क्याविनेट मिटिङको तयारी तिब्र पारिएको छ । यहि असोज २८ र २९ गते हुने दोस्रो क्याविनेट मिटिङमा डिष्ट्रिक्ट अन्तर्गतका करीव २ हजार लायन्स सदस्यहरुको सो मिटिङमा सहभागिता रहने अनुमान गरिएको छ ।
पोखराको माटेपानी स्थित एस आर केसी बेन्क्यूईटमा हुने मिटिङमा डिष्ट्रिक्ट अन्तर्गतका १५६ वटा क्लबबाट करिव २ हजार बढ़ी लायन सदस्यको सहभागी हुने डिष्ट्रिक्टका रिजन चेयरपर्सन एवं क्याबिनेट मिटिङ मूल आयोजक समितिका संयोजक प्रेम दाहालले जानकारी दिनु भएको छ । संयोजक दाहालले दिएको जानकारी अनुसार मिटिङमा सहभागिता जनाउनको लागि प्रि रजिष्ट्रेशन गराउने क्रम बढ़दो रहेको छ ।
क्याविनेट बैठक सम्पन्न गर्नका लागि पोखरा क्षेत्रमा रहेका रिजन चेयरपर्सन संयोजक तथा जोन चेयरपर्सनलाई सहसंयोजक र सो माताहातका क्लब अध्यक्षलाई समितिको सदस्यमा मनोनयन गरिएको थियो । रिजन चेयरपर्सन संयोजक रहेका बिभिन्न ७ उप-समितिहरुले आ आफना जिम्मेवारी अनुसारको कामलाई तिब्र रुपमा अगाडि बढाएका छन ।
बैठक नजिकदै गर्दा बिभिन्न समिति र उप समितिले आफना जिम्मेवारी अनुसारको कार्य अगाडि बढाउने क्रममा सोमवार मात्रै अतिथि स्वागत सत्कार एवं सम्मान उप समितिको बैठक समितिका संयोजक डिलबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले क्याविनेट मिटिङसँग सम्बन्धित सबै सरोकारवालासँग समन्वय गरी स्वागत सत्कार एवं सम्मान लगाएतका कार्यहरू अत्यन्त सजकतासाथ गर्ने निर्णयहरु भएका समितिका संयोजक थापाले जानकारी दिनु भयो । बैठकमा सह–संयोजक जोन चेयरपर्सनद्वय बिना पाईजा र शोभा बानियाँ सहित सदस्यहरू ७ वटा क्लबका अध्यक्षहरूको उपस्थिति रहेको थियो भने समितिका सल्लाहकार सुरेन्द्रमान सिं भण्डारी, अमृत शोभा खत्री र टंकराज अधिकारीले क्याविनेट मिटिङलाई सब्य र भव्य रूपमा सम्पन्न गर्नका लागि आ–आफ्नो तर्फबाट लाग्न सुझाएका थिए ।
यसैगरी, हल तथा स्टेज व्यवस्थापन उपसमिति, रजिष्ट्रेशन उपसमिति, किट व्यवस्थापन उपसमिति, खाना तथाखाजा (भोजन) व्यवस्थापन उपसमिति, होटल (आवास) व्यवस्थापन उपसमिति, सांस्कृतिक एवं मनोरंजन उपसमिति लगाएतका ७ वटा बिभिन्न उप समितिको पहिलो चरणको बैठक बसी सकेको मुल आयोजक समितिका संयोजक दाहालले जानकारी गराउनु भयो ।
पोखरामा हुन गईरहेको क्याविनेट मिटिङले पोखराको प्रवद्र्धन गर्ने माध्यमको रुपमा पनि लायन्सले उपयोग गर्ने आयोजक क्लब, लायन्स क्लब अफ पोखरा अभियानका संस्थापक अध्यक्ष एवं डिष्ट्रिक्ट ३२५ आई नेपालका द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले जानकारी दिनुभयो । जसका लागि दोस्रो क्याविनेट मिटिङको नारा नै जाउ है पोखरा भन्ने तय गरिएको उहाँले बताउनु भयो । क्याविनेट मिटिङ तयारीका लागि लायन्स क्लब अफ पोखरा अभियानले जिम्मेवारी लिएको छ ।
डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतका १२ जिल्लामा १ सय ५६ क्लब मार्फत झण्डै ३ हजार ५ सय सदस्यहरु रहेका छन् भने पोखरा क्षेत्रमा मात्रै ५३ वटा लायन्स क्लब सक्रिय रहेका छन् ।
दोस्रो क्याविनेट बैंठकमा लायन्सले कार्यकाल सुरू गरेपछि सम्पादन गरेका कामको समिक्षा गर्दै आगामी एजेण्डाका विषयमा छलफल हुने गर्छ । प्रत्येक तिन/तिन महिनाको अन्तरालमा बर्षभरी हुने चार वटा क्याविनेट बैंठक मध्ये पोखरामा आयोजना गर्न लागिएको यो दोस्रो बैंठक विजनेश बैंठकको रुपमा रहेकोछ । बैठकमा अन्तराष्ट्रिय स्तरमा लैजाने एजेण्डाका विषयमा पनि छलफल हुन्छ ।




























