२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

दोस्रो प्रि-क्याविनेट मिटिंग सम्पन्न

पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याविनेट बैठकको प्रि–क्याविनेट बैठक सम्पन्न भएको छ । क्याबिनेट पदाधिकारीहरुको मात्र उपस्थिति रहने बैठकले तिन महिनाका बिचमा लायन्सले सम्पादन गरेका कार्यको समिक्षा गर्दै आगामी एजेण्डाका विषयमा छलफल गरेको थियो । विजनेश बैंठकको रुपमा रहेको दोस्रो क्याविनेट बैठकले डिष्ट्रिक्टबाट प्राथमिकताका आधारमा लायन्स अन्तराष्ट्रियमा पेश गर्ने एजेण्डाका विषयमा पनि छलफल गरेको थियो ।

शनिवार सम्पन्न हुने दोस्रो दिनमा डिष्ट्रिक्टका सम्पूर्ण लायन्स सदस्यहरूको सहभागिता रहनेछ भने डिष्ट्रिक्ट गभर्नरले उत्कृष्ट कार्य गर्ने लायन्स सदस्यलाई अवार्ड वितरण सहित फ़ेलोशिपमा टुंगिने डिष्ट्रिक्ट ३२५ आई नेपालका क्याविनेट सेक्रेटरी हरिराज पन्तले जानकारी दिनु भयो ।

डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलको अध्यक्षता, एलसिआईएफ एरिया लिडर राजन लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा निवर्तमान मल्टीपल काउन्सिल चेयर पर्सन मनबहादुर रोका, प्रथम र द्वित्तिय भाईस गभर्नरद्वय चन्द्रकुमार केसी, बिनोद ढुङगाना, पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल लगाएतले गभर्नर बसेलको नेतृत्वमा रहेको डिष्ट्रिक्ट ३२५ आईलाई लायन्स अन्तर्राष्ट्रिय मै गर्व गर्न लायक़ बनाएकोमा धन्यवाद सहित बधाई ज्ञापन गर्नु भएको थियो ।

एस.आर.केसी. ब्याङक्युट माटेपानी पोखरामा सम्पन्न प्रि–क्याविनेट मिटिङमा डिष्ट्रिक्टका १५० क्याविनेट अफिसरको उपस्थिति रहेको थियो भने शनिवार करिव १ हजार जनाको सहभागिता रहने अनुमान गरिएको आयोजक क्लब लायन्स क्लब अफ पोखरा अभियानका पूर्व अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक प्रेम दाहालले जानकारी दिनुभयो ।

बैठकमा डिष्ट्रिक्ट गभर्नर बसेलले क्याविनेट पदाधिकारीले राखेका जिज्ञासाको जवाफ दिनु भएको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…