9Shares

पोखरा, असोज २८ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा विभागिय क्लब त्रिभुवन आर्मी क्लबले सानदार जित निकालेको छ । लामाचौर गोस्तेघाट खेल मैदानमा शुक्रबार भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाइृ ४-१ को फराकिलो गोलअन्तरले हराएको हो ।

एकपक्षिय खेलमा आर्मीले खेलको सुरुवातमै गोल गर्दै अग्रता लियो । खेलको पाँचौं मिनेटमा दीनेश हेम्जनको गोलमा आर्मीले अग्रता लिएको थियोे । २४ औं मिनेटमा लुम्विनीले आत्मघाती गोल गर्दा आर्मीले पहिलो हाफमा २-० को अग्रता बनायो । दोस्रो हाफमा थप दुई गोल गर्दै आर्मीले सहज जित निकालेको हो ।

खेलको ४७ औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै अग्रता फराकिलो बनाए । ५० औं मिनेटमा लुम्बिनीका चेतन थारुले गोल गर्दै खेलमा फर्किने प्रयास गरेको थियो । तर बलियो आर्मी विरुद्ध लुम्विनीले खेलमा फर्कन गरेको प्रयास असफल रह्यो । आर्मीका नवयुग श्रेष्ठले ९२ औं मिनेटमा गोल गरे ।

9Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected