२०८३ मंसिर २, बुधबार Wednesday, November 18, 2026
खबर

कास्कीमा समग्र विकासको वातावरण बनाउँछु : श्रीनाथ बराल

पोखरा, ३ कार्तिक । गठबन्धन दलहरुको तर्फबाट कास्की क्षेत्र नम्बर-२ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले पोखरामा पहिले नै बनिसक्नुपर्र्ने पूर्वाधारहरु धेरै बन्न बाँकी रहेको बताएका छन् । उनले ती पूर्वाधार निर्माण देखि केन्द्रमा यस क्षेत्रको पहुँच विस्तार गर्दै समग्र विकास निर्माणलाई गति दिने वातावरण आफूले बनाउने दाबी गरेका छन् । कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा ४ मा निर्वाचन सम्पर्क कार्यालय स्थापना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
पोखरा बसपार्क निर्माण, पोखराको रिङरोड देखि धेरै पूर्वाधार बन्नुपर्ने भन्दै उनले स्थानीय सरकार र प्रदेश सकारसंग सहकार्य गरेर केन्द्रबाट आफूले काम गर्ने बताए । ‘मलाई थाहा छ, यहाँ पहिले नै निर्माण भइसक्नु पर्ने र विकास निर्माणको स्पष्ट खाका कोरेर अगाडि बढिसक्नुपर्ने पहिले नै हो । अपेक्षीत भन्दा धेरै कुरामा हामी पछाडी परेका छौं । यहाँ बसपार्क निर्माण गर्नुपर्ने छ । रिङरोडको स्पष्ट खाका सहित विकास गर्नुपर्नेछ । यि र यस्ता कामहरु स्थानीय सरकार र प्रदेश सरकारसंग सहकार्य गर्दै केन्द्रबाट मैले वातावरण मिलाउने छु’ उनले भने ।
आफूले कास्कीका जनताको भावना बुझेको र जनतासंग सुखदुखमा संगै रहेर काम गरेको स्मरण गर्दै निर्वाचित गरेर अझै कास्की २ का दाजुभाई दिदिबहिनीले आफूलाई नजिक बनाउने उनले अपेक्षा गरे । ‘कास्कीका जनताको भावना बुझेको छु । त्यो भावना अनुरुप केन्द्रमा सशक्त आवाज उठाउने कुरा, जनताको पक्षमा कानुन निर्माण गर्ने कुरा र विकृत राजनीतिलाई सहि ट्रयाकमा ल्याउने कुरामा मेरो सधैं ध्यान केन्द्रित हुनेछ । निर्वाचित गरेर झनै नजिक हुने र यहाँका जनताको भावनासंग अझै नजिक हुने अवसर मलाई प्रदान गर्नुहुनेछ’ उनले भने ।
गठबन्धनको तर्फबाट कांग्रेसबाट कास्की २ (ख) मा प्रदेश सभासदस्य पदका उम्मेदवार विन्दुकुमार थापाले समग्र गण्डकी प्रदेशको विकास र अझ यसको राजधानी शहर पोखरालाई राजधानीकै रुपमा विकास गर्नका लागि धेरै गर्न बाँकी रहेको बताए ।
उनले कास्की २ (ख)का जनताले अघिल्लो निर्वाचनमा दिएको मतको आफूले इमान्दारिता पूर्वक सम्मान गरेको उनको भनाई छ । ‘यहाँहरुले अघिल्लो निर्वाचनमा मलाई जुन विश्वासका साथ मत दिनुभयो । त्यो मतको सम्मान मैले इमान्दारिता पूर्वक गरेको छु भन्ने लाग्छ । प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेशलाई गति दिन ऐन कानून निर्माणमा समय खर्चियौं, प्रदेशको नामकरण, राजधानी तोक्ने लगायतका काम भएका छन् । ६१ व्टा भन्दा धेरै कानून निर्माण भएका छन् । अब हामीले जोड दिने भनेको विकास र समृद्धिमै हो । त्यसका लागि फेरी एक पटक यहाँहरुको साथ पाउने छु’ उनले भने ।
यसैबिच कास्की क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बराल र २ (ख) का प्रदेशसभा सदस्य पदका उम्मेदवार विन्दु थापाले पोखरा ४ मा रहेको गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका छन् । कांग्रेस र कम्युनिष्ट मिलेर २०४६ मा निरंकुश पञ्चायतका विरुद्ध गरेको आन्दोलनका कमाण्डर सिंहको शालिकमा माल्यार्पण गर्दै उनीहरु फेरी एक पटक कम्युनिष्ट र कांग्रेस एक भएर विकास र समृद्धि ल्याउनुपर्ने बताए ।

Read more

द्रुतमार्ग निर्माणमा अर्को उपलब्धि : महादेवटार सुरुङ छिचोलियो

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेश द्रुतमार्ग निर्माणमा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ। मकवानपुरस्थित महादेवटार सुरुङमार्गको बुधबार ‘ब्रेक थ्रु’ भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले एक समारोहबीच सुरुङको…

स्वास्थ्य पत्रकारिता पुरस्कारका लागि प्रतिभा छनोट समिति गठन

पोखरा । युआरएल फाउन्डेसनले स्थापना तथा सञ्चालन गर्दै आएको राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गर्न प्रतिभा छनोट समिति गठन गरेको छ । अग्रज पत्रकार केशवशरण लामिछानेको संयोजकत्वमा गठित…

परशु आधारभूतको हीरक जयन्ती पुस २६ मा, मिति परिवर्तनसँगै तयारी तीव्र

यसअघि पुस ९ गते हुने तय भएको कार्यक्रम १७ दिन पछि सारियो, ३ हजार वा सोभन्दा बढी सहयोग गर्ने चन्दादाताको नाम र रकम हीरक जयन्ती स्तम्भमा अंकित गरिने…

समाजसेवाको स्वर्णिम उदाहरण : लायन्स क्लबले बनायो आरोग्य भवन

पोखरा । सामाजिक सेवामा समर्पित लायन्स क्लब अफ पोखराले मानवीय सेवाको क्षेत्रमा अर्को महत्वपूर्ण योगदान दिएको छ । क्लबको २५ लाख रुपैयाँ आर्थिक सहयोगमा विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयमा निर्माण…

नेपाली जनसम्पर्क समिति क्यानडाको संयोजकमा टोष्टराज कार्की ‘बसन्त’ मनोनीत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले नेपाली जनसम्पर्क समिति क्यानडाको संयोजकमा टोष्टराज कार्की (वसन्त कार्की) लाई मनोनयन गरेको छ। महाधिवेशन तयारी समितिका संयोजक प्रा. डा.…

डिएलए नेपालको कार्यवाहक अध्यक्षमा वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाल

काठमाडौं । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए–नेपाल) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाललाई दिइएको छ। संस्थाका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम के.सी.ले २०८३ कात्तिक…