नवौं राष्ट्रिय खेलकुद : महिला फुटबलमा एपिएफलाई स्वर्ण

स्याङ्जा, ३ कार्तिक । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल प्रतियोगितमा एपिएफले स्वर्ण पदक जितेको छ ।
वालिङ खेल मैदानमा बिहिबार नेपाल पुलिस क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै एपिएफले स्वर्ण जितेको हो ।
खेलको १० औँ मिनेटमा एपिएफकी सावित्रा भण्डारीले पहिलो गोल गरेर समुहलाई अगाडी बढाएकी थिईन् । खेलको ५२ मिनेटमा सावित्राले पुनःअर्को गोल गर्दे गोल संख्या दोब्बर बनाइन ।
७६ औँ मिनेटमा नेपाल पुलिस क्लबकी निरु थापाले एक गोल गर्दे जितको संभावना जिवित राखिन । निकै नै प्रतिस्पर्धात्मक भएको खेलमा पुलिसको लागि निरु थापाले गरेको एक गोल स्वणर्को लागि प्रयाप्त भएन र, पुलिसले रजतमै चित्त बुझाउन पर्यो ।
महिला फुटवलको कास्य पदक त्रिभुवन आर्मी फुटवल क्लबले जितेको छ । त्रिभुवन आर्मीले ७-० गोल अन्तरले प्रदेश नम्बर १ लाई पराजित गर्दे कास्य जितेको हो । खेलको तेस्रो मिनेटमा आर्मीकी हिमा चौधारीले गोलको खाता खोलेकी थिइन ।
खेलको ५ औँ मिनेटमा अमिसा कार्कीले अर्को एक गोल गर्दे गोल संख्या दोब्बर बनाइन । खेलको ३५ औँ र ४१ औं मिनेटमा एक एक गोल गर्दे ह्याट्रिक पुरा गरिन ।
यस्तै खेलको ४३ औँ मिनेटमा चन्द्रा भण्डारी, ६१ औँ मिनेटमा गंगा गुरुङ र ७१ औं मिनेटमा कुसुम खतिवडाले समान एक एक गोल गरेकी थिइन ।
जुडोमा आर्मी टिम च्याम्पीयन
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको जुडो खेलमा नेपाली सेनाको त्रिभूवन आर्मी क्लव च्याम्पीयन बनेको छ । आर्मीले सर्वाधिक ९ स्वर्ण जित्दै टिम च्याम्पिएन भएको हो । आर्मीका लागि व्यक्तिगततर्फको विधामा महिला खेलाडीले ५ स्वर्ण पदक दिलाए भने पुरुष खेलाडीले ३ स्वर्ण पदक जिते । टिम मिक्स इभेन्टमा पनि आर्मीले पदक जितेको छ ।
नेपाल पुलिस क्लवले पुरुषतर्फ ४ र महिलातर्फ २ स्वर्ण पदक जित्दै दोस्रो स्थानमा रह्यो । दोस्रो स्थानमा रहेको नेपाल पुलिसले ६ स्वणर्सँगै ३ रजत र ८ कास्य पदक जित्यो ।
वागमती प्रदेशले २ रजत र ७ कास्यसहित कुल ९ पदक, लुम्बिनी प्रदेशले १ रजत र ३ कास्यसहित ४ पदक, मधेश प्रदेशले १ रजत र २ कास्यसहित ३ पदक, एपीएफले १ रजत, १ कास्यसहित २ पदक र प्रदेश नम्बर १ ले ३ कास्य जितेको छ ।
सुदुरपश्चिम प्रदेशले २ कास्य पदक जितेको छ । कर्णाली प्रदेश र एनआरएनएले १/१ कास्यमा चित्त बुझाए । घरेलु मैदानमा भएको नवौंको जुडोतर्फ गण्डकी प्रदेशले पदकको खाता खोल्नै सकेन । जुडोमा खाता नखोल्ने गण्डकी एक मात्र टिम हो ।
पुरुषतर्फ ६० केजीमुनि तौल समूहमा नेपाल पुलिसका उमेश मगरले स्वर्ण, वागमती प्रदेशका सचिन वाइवा लामाले रजत, एनआरएनएका विकास विक र नेपाल आर्मीका दिपक बस्ताकोटीले कास्य पदकमा चित्ता बुझाए ।
६६ केजीमुनि तौल समूहमा नेपाल पुलिसका इन्द्रबहादुर श्रेष्ठले स्वर्ण, नेपाल आर्मीका कर्मा तामाङले रजत पदक, आर्मीकै किरण भट्टराई र पुलिसका अश्विन पुलामी मगरले कास्य पदक जिते ।
७३ केजीमुनि तौल समूहमा नेपाल आर्मीका अनिल बलामीले स्वर्ण, नेपाल पुलिस क्लवका सुदेश दोंगले रजत, मधेश प्रदेशका राजु शर्मा बढाई र पुलिसका सन्जित दंगोलले कास्य जितेका छन् ।
८१ केजीमुनी तौल समुहमा नेपाल आर्मीका जगनबहादुर सारुले स्वर्ण, नेपाल पुलिस क्लवका मधु रोका मगरले रजत तथा वाग्मती प्रदेशका सञ्जय महर्जन र सुदुरपश्चिम प्रदेशका योगेन्द्र विष्टले कास्य पदक जिते ।
९० केजीमुनी तौल समुहमा नेपाल पुलिसका मनिष महतोले स्वर्ण पदक, नेपाल आर्मीका सुजन गुरुङले रजत तथा मधेश प्रदेशका गुड्डुकुमार शाह कानु र सुदुपश्चिम प्रदेशका सुरेश गिरीले कास्य पदक जिते ।
१०० केजीमुनी तौल समुहमा आर्मीका रमेशबहादुर चन्दले स्वर्ण, मधेश प्रदेशका हिमान्शु गुप्ताले रजत तथा नेपाल पुलिसका श्रीराम मकाजु र प्रदेश १ का निश्चल राईले कास्य पदक जिते ।
१०० केजीमाथी उमेर समुहमा नेपाल पुलिस क्बलका राजन जोशीले स्वर्ण, आर्मीका रन्जेश गोलेले रजत, वागमतीका आदित्य दाहाल र लुम्बिनीका प्रनितजंग सिंहले काँस्य जिते ।
यस्तै महिलातर्फको ४८ केजीमुनि तौल समूहमा नेपाल आर्मीकी सुमित्रा राईले स्वर्ण, एपीएफकी रत्ना तामाङले रजत तथा कणर्ाली प्रदेशकी हिरा आचार्य र नेपाल पुलिस क्बलकी सोनिया भट्टले कास्य पदक जिते ।
५२ केजीमुनि तौल समूहमा नेपाल आर्मीकी देविकामाया श्रेष्ठले स्वर्ण, आर्मीकै रोशना डंगोलले रजत, वागमती प्रदेशकी सरिता मगर र नेपाल पुलिस क्लवकी सपना राईले कास्य पदक जिते ।
५७ केजीमुनि तौल समूहमा नेपाल पुलिसकी मनिता श्रेष्ठ प्रधानले स्वर्ण, नेपाल आर्मीकी सिमाकुमारी चिडीले रजत तथा नेपाल आर्मीकी सुस्मिता लावती र वागमती प्रदेशकी अञ्जु पाण्डेले कास्य पदक जिते ।
६३ केजीमुनि तौल समूहमा नेपाल आर्मीकी लिला अधिकारीले स्वर्ण, लुम्बिनी प्रदेशकी निर्मला कुवँरले रजत, नेपाल पुलिस क्बलकी दिलकुमारी छन्त्याल र वाग्मती प्रदेशकी शक्ति थापाले रजत पदक जिते ।
७० केजीमुनी तौल समुहमा नेपाल आर्मीकी पुनम श्रेष्ठले स्वर्ण, वागमती प्रदेशकी रञ्जना खड्काले रजत तथा नेपाल पुलिस क्लबकी रजनी मगर र प्रदेश १ की सुमन्ता राईले कास्य पदक जिते ।
७८ केजीमुनी तौल समुहमा नेपाल पुलिसकी दीपा गुरुङले स्वर्ण, आर्मीकी निर्मला घर्ती मगरले रजत, लुम्बिनीका शुसिलाकुमारी चौधारी र सम्झना चौधरीले कास्य जिते ।
७८ केजीमाथि उमेर समुहमा नेपाल आर्मीकी आकृति जोशीले स्वर्ण, नेपाल पुलिसकी पुजा राजवंशीले रजत, नेपाल पुलिसकी भावना घर्ती मगर र वागमती प्रदेशकी अस्मिता गोलेले कास्य जिते ।
कबड्डीमा आर्मीलाई दोहोरो स्वर्ण, लुम्बिनी र पुलिसलाई रजत
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत कबड्डीमा डिफेन्डिङ च्याम्पियन त्रिभूवन आर्मी क्लवले दोहोरो स्वर्ण जितेको छ ।
बिहीबार पोखरामा सम्पन्न अन्तिम प्रतिस्पर्धामा पुरुषतर्फ लुम्बिनी प्रदेशलाई ४१-२० पोइन्टले र महिलातर्फ नेपाल पुलिस क्लवलाई ३०-२३ पोइन्टले पराजित गर्दै आर्मीले दोहोरो स्वर्ण जितेको हो ।
पुरुषतर्फ पराजित लुम्बिनी प्रदेश र महिलातर्फ नेपाल पुलिस क्लवले उपविजेत बन्दै रजत पदकमा चित्त बुझाएका छन् ।
प्रतियोगितामा पुरुषतर्फ सुदुरपश्चिम प्रदेश र नेपाल पुलिस क्लव यस्तै महिलातर्फ लुम्बिनी प्रदेश र सशस्त्र प्रहरी बल कास्य पदक विजेता बने ।
प्रतियोगितामा पुरुषतर्फ कर्णाली प्रदेशका मिराप थापा मगर र महिलातर्फ त्रिभूवन आर्मी क्लवकी अनुजा कुलिङ्ग राई उत्कष्ट खेलाडी घोषित जनही ५-५ हजार रुपैयाँसहित मेडल र पमाणपत्र प्राप्त गरे ।
आर्मी सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि महिला तथा पुरुष दुवै समुहको स्वर्ण विजेता हो ।
यही असोज ३० गतेदेखि शुरु भएको प्रकितयोगितामा महिला तथा पुरुषमा गरि सात प्रदेश र ३ विभागिय गरि १०- १० टिमको सहभागिता रहेको थियो ।
पुरुष स्क्वासमा गण्डकी टिम च्याम्पियन, महिलातर्फ बागमतीकी विपनालाई स्वर्ण
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको स्क्वास खेलमा पुरुष टिम इभेन्टतर्फ गण्डकी प्रदेश च्याम्पियन बनेको छ । पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा विहीबार सम्पन्न फाइनल खेलमा गण्डकीका अमृत थापामगरले बागमती प्रदेशका अरहान्त सिंहालाई ११-८, ११-६ र ११-८ अंकले पछि पार्दै ३-० को सोझो सेटमा पराजित गर्दा गण्डकीका दीपक थापाले वागमतीका अमिर ब्लोनलाई ११-७, १३-११ र ११-३ अंकले पछि पार्दै ३-० सो सोझो सेटमा हराउदै स्वर्ण पदक जिते । फाईनलमा पराजित वागमती प्रदेशले रजत पदक प्राप्त गर्यो ।
टिम ईभेन्टर्फको खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपिएफ र प्रदेश नम्बर १ लाई हराउँदै लुम्बिनी प्रदेशले काश्य पदक जिते ।
त्यस्तै, महिला व्यक्तिगत स्पर्धामा वागमतीकी विपना ब्लोन च्याम्पियन बनिन् । उनले सोही प्रदेशकै स्वस्थानी श्रेष्ठलाई ३-१ को सेटमा हाराउँदै स्वर्ण पदक जितिन् भने वागमतीकी भावना सुनुवार र गण्डकीकी कृष्णा थापामगरले सँयुक्त तेस्रो बन्दै कास्य पदक प्राप्त गरे ।
पुरुषतर्फ व्यक्तिगत स्पर्धामा गण्डकीकै अमृत थापामगरले स्वर्ण, वागमतीका अरहान्त सिंहाले रजत र सोही प्रदेशकै अमिर ब्लोन र गण्डककीका दीपक थापा सँयुक्त तेस्रो बन्दै कास्य पदक जिते ।
स्क्वास प्रतियोगितामा २ विभागीय र ५ प्रदेश गरी पुरुषतर्फ कुल २५ जना र महिलातर्फ ७ जनाले सहभागिता जनाएका थिए ।





























