२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

जिल्ला सचिव नेपाली एमालेमा फ़र्किए

पोखरा । एकीकृत समाजवादी पार्टी कास्कीका सचिव होमबहादुर नेपाली नेकपा एमालेमै फर्किएका छन् । उत्पीडित जातीय मुक्ति समाज, निर्वाचन परिचालन उपसमिति कास्की क्षेत्र नं. २ ले शनिबार आयोजना गरेको कार्यकर्ता भेलामा नेपालीलाई एमालेमा स्वागत गरिएको हो । विगतमा नेकपा एमालेमा रहँदा नेपाली कास्की जिल्ला कमिटी सदस्य तथा मुक्ति समाजको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए ।

नेकपा (एस) का केन्द्रीय प्रतिनिधि सदस्यसमेत रहेका नेपालीले अब ‘एस’ भन्ने पार्टी नेपालमै नरहने ठोकुवा समेत गरे । ‘माधव नेपाल र झलनाथ खनालको नाटक मञ्चनका पात्र म पनि भएँ । १ वर्षमा धेरै बुझेँ, भोगे । अब त्यो पाटी रहन्न, नेपालमै रहन्न । जो गठबन्धनबाट जित्छन्, तिनीहरू मात्र रहनेछन् ।’ उनले थपे _ ‘आज म एक्लै आएको छैन, हजारौं फर्किनेछन् । विधि पद्धतिका कुरा गर्ने, आफै सांगठनिक पद्धतिमा नचल्ने त्यस्पतो पार्टीमा कोहि बस्नेछैनन् । एमाले सक्न दिने छैनौं ।’ हिजोको सहयोद्वासँग एकसाथ पार्टी मजबुत बनाउन लागि पर्ने भन्दै उनले नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नै नेकपा एमाले रहेको बताए ।

एमाले कास्की ईञ्चार्ज एवं केन्द्रीय सदस्य कृष्ण थापाले मुक्ति आन्दोलनका नेता नेपाली पुन: घर फर्किँदा आफू हर्षित बनेको बताउँदै बाहिर रहेका सबैका लागि ढोका खुला रहेको र विशाल हृदयले स्वागतका लागि आतुर रहेको बताए । सबै एक भएर सूर्य चिन्ह बाहक उम्मेदवारलाई भारी मतले जिताउनुपर्ने पनि थापाले बताए । कास्की क्षेत्र नं. २ (क) का उम्मेदवार एवं एमाले केन्द्रीय सदस्य भीम कार्कीले एमालेको महत्वपूर्ण खम्बा नेपालीलाई स्वागत गर्दै एउटा समुदायलाई पछाडि पारेर समाज र देश विकास सम्भव नभएकाले विगतका विभेदको क्षतिपूर्तिसहित सँगसँगै हातेमालो गरेर एमाले अघि बढिरहेको बताए ।

कास्की क्षेत्र नं. २ (ख) का उम्मेदवार मीना गुरूङले उत्पीडित दलित उत्पीडित वर्गको पार्टी नेकपा एमाले भएकाले पार्टीमा उत्पीडित वर्गको सहभागिता अपरहार्य रहेको बताइन् । कार्यक्रममा संघीय समानुपातिक उम्मेद्वार नन्दकला नेपाली क्षेत्रका समानुपातिक उम्मेदवार डा. छममाया पुन, एमाले कास्की सचिव बैन बहादुर अधिकारी क्षेत्री, मुक्ति समाज केन्द्रीय सचिव धनबहादुर नेपाली, जिल्ला सचिवालय सदस्य भेषराज बराललगायतले बोलेका थिए । निर्वाचन परिचालन उपसमिति क्षेत्रीय संयोजक मनबुजा विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय सदस्य किसान परियारले स्वागत एवं पार्टी प्रदेश कमिटि सदस्य बलराम गायकले सञ्चालन गरेका थिए ।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…