२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

मुस्लिमका अधिकार सुनिश्चित पाँच दलीय गठबन्धनले मात्र गर्न सक्छ – काँग्रेस नेता सत्तार

पोखरा । संविधानको रक्षा र मुस्लिम अधिकार पाँच दलीय गठबन्धनमा आवद्ध पार्टीहरुले मात्र सुनिश्चित गर्नसक्ने नेपाली काँग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले बताउनुभएको छ । लोक–बाम गठबन्धन दलका उम्मेदवारले हारे मुस्लिम लगायत समाजमा पछाडी पारिएका समुदायको अधिकार खोसिने सत्तारले दावी गर्नु भएको छ ।

आसन्न मंसिर ४ गतेको निर्वाचनको पूर्वसन्ध्यामा गण्डकी प्रदेश मुस्लिम पाँचदलीय गठबन्धनद्धारा मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सत्तारले मुस्लिम समुदायले आफ्नो अधिकार स्थापित गर्नका लागि पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नु भएको हो।

वि.स २०७२ को संविधानले मुलुकभर छरिएर रहेका सबै समुदाय, आदिवासी, जनजाति, मुस्लिम, दलित, अल्पसंख्यक र पीछडिएको वर्गको अधिकार सुनिश्चित गरेको भएपनि केपी ओली नेतृत्व सरकारले कानून, नियम–विनियम बनाएर संविधान प्रदत्त अधिकार उपभोग गराउनु पर्नेमा मुस्लिमहरुले पाउँदै आएको राष्ट्रियबिदा समेत कटौती गरेकोप्रति उहाँले आपत्ति प्रकट गर्नुभयो ।

केपी नेतृत्व सरकारले संविधान माथि नै प्रहार गरी निरंङ्कुश अधिनायकबाद र स्वच्छाचारी ढंगले संविधानले दिएको अधिकारलाई समेत कटौती गरेकै कारण आफ्नो धार्मिक, सांस्कृतिक तथा संवैधानिक अधिकार खोज्न पाँच दलीय गठबन्धनको साथ आवश्यक उहाँको भनाई छ ।

जनगणना २०६८ अनुसार नेपालको कूल जनसंख्याको चार प्रतिशत मुस्लिम समुदाय रहेको र राज्यका हरेक निकायमा मुस्लिमको समान प्रतिनिधित्व हुनुपर्नेमा उहाँले जोड दिनुभयो । मंसिर ४ गतेको निर्वाचनमा मुस्लिम समुदायको तर्फबाट प्रत्यक्षमा निकै कम उम्मेदवार बनाइनु दुखद कुरा भएको भनाई पनि उहाँको छ ।

नेकपा (एकीकृत) समाजवादीको तर्फबाट प्रतिनिधि सभा सदस्यका समानुपातिक उम्मेदवार जैनब खातुनले मुस्लिम समुदायलाई राज्यले सधै पछाडि पारेकै कारण अधिकार प्राप्त नभएसम्म संर्घष गरिरहनुपर्नेमा जोडदिनुभयो । मुस्लिम अधिकारका लागि आफू संर्घषरत रहेको र संसदमा पुगेपछि पनि मुस्लिम अधिकारका बारेमा बुलन्द रुपमा आवाज उठाउने उहाँको भनाई छ ।

सो अवसरमा नेकपा माओवादी (केन्द्र) गण्डकी प्रदेश सभामा समानुपातिक उम्मेदवार रहनुभएकी जुवीदाखातुनले मुस्लिम समुदायलाई राज्यका हरेक निकायमा पछाडि पारिएको बताउनुभयो । अल्पसंख्यक समुदाय भएपनि राज्यले मुस्लिम समुदायप्रति हेर्ने दृष्टिकोण फरक रहेको उहाँको भनाई छ ।

सो अवसरमा नेपाल मुस्लिम संघ गण्डकी प्रदेशका सभापति हाजि शाह मोहम्मद मिया, मुस्लिम इत्तिहार संगठन नेपाल गण्डकी प्रदेशका इन्चार्ज कलिला खान मुश्लिम मुत्तिःमोर्चा गण्डकीका इन्चार्ज जलाल दिन मिया लगायतले आफ्ना भनाई राख्नुभएको थियो ।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…