२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

८४ वर्ष पुरा गरेका भारतीय सेनाका पुर्व जनरल मेहता सगै ११ जनालाई सम्मान

पोखरा । ८४ वर्ष उमेर पुरा गरेका भारतीय सेनाका पुर्व मेजर जनरल अशोक मेहता सगै ११ जनालाई पोखरामा एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको छ ।
२/५ जी आर (एफ एफ) (भी सी पल्टन) पुर्व सैनिक परिवार पोखराको १३६ औ जन्म जयन्ती (मालाकाण्ड डे) को अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा ८४ वर्ष उमेर पुगेका पल्टनका सदस्य र उनीहरुका परिवारलाई सम्मान गरिएको हो । कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि मेहता सगै १०४ वर्षका राम प्रसाद गुरुङ गरि ११ जनालाई सम्मान गएिको थियो ।
आफना पल्टनका पुर्व सैनिक परिवारसंग आफनो ८४ औ जन्मोत्सव मनाउन मेहता पोखरा आएका हुन् । चार वर्ष अघि मेहताले आफनो ८० औ जन्मोत्सव समेत पोखरामा मनाएका थिए । पोखरा महानगरपालीका ३२ लामेआहाल स्थित बुद्धीमान गुरुङको घरमा आफनो ८० औ जन्मोत्सव मनाउने क्रममा मेहताले सोही दिन आफनो ८४ वर्षको जन्मोत्सव समेत पोखरा आएर मनाउने बताएका थिए । सन १९९३ मा अदिती संग पल्टनमा र त्यसपछि पोखराको विन्ध्यवासिनी मन्दिरमा आई उनले विहे समेत गरेका थिए ।
कार्यक्रममा विभिन्न विषयमा स्नातक तह उत्तिणर् गरेका सैनिकका परिवारका ९ जनालाई सम्मान गरिएको आयोजक २/५ जी आर (एफ एफ) (भी सी पल्टन) पुर्व सैनिक परिवार पोखराका अध्यक्ष सुदर्शनसिंह थापाले जानकारी दिए ।
आयोजक संस्थाका सचिव दल बहादुर गुरुङका अनुसार अनुसार समितिले वर्षमा दुई पटक भि सि डेका अवसरमा २६ जुनमा र मालाकाण्ड डे का अवसरमा १० नेभेम्वर गरि वर्षको दुई पटक विशेष कार्यक्रम आयोजना गरि वार्षिकोत्सव मनाउने गरेको छ ।
यस्तो छ मेहताको पोखरासंग सम्बन्ध
पोखरा आउदा प्राय भारतीय पेन्सन क्याम्प रामवजारमा वस्दै आएका मेहता विगत १०/११ वर्षदेखी लामेआहाल स्थित सुवेदार यामवहादुर गुरुङको घरमा वस्ने गरेका छन् । भारतीय सेनाको २/५ जिआरमा काम गरेका गुरुङलाई छोरा मान्ने मेहता नेपाल आउदा प्राय उनकै घरमा वस्ने गरेका छन् । गुरुङलाई छोरा मान्ने मेहता वर्षमा ३/४ पटक पोखरा आउने गरेका र आउदा उनकै घरमा वस्ने गरेका छन् । मलाई विहान वेलुका धेरै हिड्न पर्छ पेन्सन क्याम्पमा वस्दा हिड्ने स्थान छैन तर लामेआहलमा वस्दा चारै तिर पहाड छ र हिड्नका लागि सहज हुने गरेका कारण आफु लामेआहाल आएर वस्ने गरेको मेहताले वताए । शाकाहारि खाना खाने उनले प्राय नेपाली खाना र साग सव्जी मन पराउने गरेको गुरुङ वताउछन् ।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…