२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
अर्थ र वाणिज्य

सयपत्री सहकारी आर्थिक रुपमा बलियो

पोखरा भ्यूज
पोखरा, २५ मंसिर । सयपत्री बचत तथा ऋण सहकारी संस्था आर्थिक रुपमा बलियो रहेको जनाएको छ । बजारमा तरलताले समस्या परिरहेको खवर आएपनि सयपत्री सहकारी भने आर्थिकरुपले बजारमा कमजोर नभएको बताइएको हो । एक दिने सहकारी प्रशिक्षण कार्यक्रममा सहकारीका अध्यक्ष टीकाबहादुर कार्कीले सयपत्रीले उत्पादनमुखी कार्यक्रम ल्याउने बताए । सेयर सदस्यले संस्थालाई नजिकबाट नियाल्न आग्रह गर्दै उत्पादनमुखी व्यवसायलाई केन्द्रमा राखेर सहकारी चल्ने उल्लेख गरे । अध्यक्ष कार्कीले सबै सेयर सदस्यले सबै प्रकारको कारोबार हेर्न सकिने बताउँदै संस्था र आर्थिक गतिविधि कमजोर भए त्यसको दोष सेयर सदस्यको पनि हुने बताए ।
अध्यक्ष कार्कीको अध्यक्षतामा भएको सदस्य प्रशिक्षण सभामा सहकारीका उपाध्यक्ष धर्मप्रसाद बास्तोलाले सहकारीको आफ्नै भवन र उच्च मनोबल भएका सेयर सदस्यका कारण संस्थाको आर्थिक फाउन्डेसन बलियो रहेको बताए ।
सहकारीका सचिव बसन्तराज कोइरालाले सञ्चालन गरेको सभामा कार्यक्रम संयोजक जनार्दन बास्तोलाले सहकारी भनेकै सहकार्य भएकाले सवै सेयर सदस्यले संस्थाबाट नियमित कारोबार गर्न आग्रह गरे । प्रशिक्षण कार्यक्रममा सहकारीका कोषाध्यक्ष रमेश शर्मा बास्तोलाले पूर्णरुपमा तरलता व्यवस्थापन गरिएको जानकारी दिएका थिए । उनले सयपत्री सहकारी आर्थिकरुपमा अब्बल भएको जानकारी दिँदै सहकारीले प्रदान गरेको प्रविधि युक्त सेवा र सुविधा उपभोग गर्न आग्रह गरेका थिए ।
सहकारीका निवर्तमान उपाध्यक्ष भीमप्रसाद न्यौपानेले प्रशिक्षण दिने क्रममा सेयर रकमको नाफामात्र लिनु भन्दा पनि संस्थाको हितमा गरिने कारोबारले मात्र संस्था दीगो र विश्वाशिलो हुने बताए । १३ करोड ६५ लाख सेयर पुजी रहेको सयपत्री सहकारीमा १ अर्ब ४५ करोड निक्षेप संकलन रहेको सहकारीका कार्यालय प्रमुख विकास सुुवेदीले जानकारी दिए ।

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर सम्पन्न, शुक्रबारदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत रूपमा सञ्चालनमा…