२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

सेकोनको १३औं अधिवेशन सम्पन्न, अध्यक्षमा गुरूङ

पोखरा । सोसाइटी अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सीज् (सेकोन) पोखराको २५ औं बार्षिक साधारणसभा तथा १३औं अधिवेशन सम्पन्न भएको छ ।

शनिवार सम्पन्न अधिवेशनले आगामी दुई बर्षे कार्यकालको लागि ई.किसान सिंह गुरुङको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा ई.हरि प्रसाद अधिकारी, सचिव ई.आनन्दप्रसाद सापकोटा, सह– सचिवमा ई.ध्रुव गर्बुजा पुन र कोषाध्यक्षमा ई.धर्मराज अधिकारी निर्वाचित भएका छन्।

यसैगरी सदस्यहरूमा क्रमशः ई.कौशल चन्द्र जि. सी., ई.बिमल भण्डारी, ई.सुजित बिजुक्छे, ई.याम थापा, ई.मोहन सिग्देल, ई.बिरेन्द्र कुमार सिग्देल र ई.किरण राज सिग्देल निर्विरोध निर्वाचन भएको निर्वाचन संयोजक एवं सेकोनका पूर्वअध्यक्ष राजेन्द्र लिगलले जानकारी दिए । निर्वाचन मण्डलमा लिगल सहित ई.आ. बाबुराम बराल र ई. राजेन्द्र प्रजु सदस्य रहेका थिए ।

सोसाइटी अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सीज् (सेकोन) कास्कीका अध्यक्ष ई.किशोर कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनमा सचिव ई.हरिप्रसाद अधिकारीले संस्थाको सांगठनिक एवं प्रगति प्रतिबेदन र कोषाध्यक्ष ई.कौशल चन्द्र जि. सी.को आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…