29Shares

पोखरा पोखरा महानगरपालिका, घारीपाटन क्षेत्रको व्यवस्थित नाला निर्माण कार्यमा अवरोध सृजना भएको पोखरा १५ जोड़ने मितेरी पुलबाट सेती नदीमा ढल फाल्ने गरी निर्माण कार्य सुरु भएको, पुलमा जोखिम बढ़ने सक्ने सम्भावनालाई मध्येनजर गर्दै पोखरा१५, मितेरी गाउँका स्थानीयवासीको अवरोधका कारण नाला खन्ने पाईप बिच्छाउने कार्य वीचमै रोकिएको हो

स्थानीय ट्याक्सी चोक देख़ि तिनकुने चोक हुदै मितेरी पुलबाट ढल फ्याक़ने महानगरको योजनामा पुलको अवस्था जीर्ण भएको, बेला बेलामा पुलको आसपासको जमिन भासिरहेकोले पुल जोखिममा पर्ने हुँदा काममा अवरोध गरिएको स्थानीयबासीको भनाई रहेको

नाला तल बग्छ, तर यहाँ जुन पोईन्टबाट नाला खन्ने ढ्वाङ बिच्छाउने काम भएको , त्यो नै सरासर ग़लत रहेको स्थानीयवासीको भनाई  १५ नम्बर बासीले जवसम्म व्यवस्थित पुल बन्ने काम हुदैन, तवसम्म नाला फ़्याक्न नदिईने बताएका छन्

ठेकेदार कम्पनी फेवा कंस्ट्रक्शनले सम्झौता अनुसार निर्माण कार्य अगाडि बढाएको भए पनि निर्माण कम्पनीले स्थानीयको अवरोधले हप्ता अघिदेख़ि काम स्थगित गरेको

समस्या समाधानको लागि पोखरा महानगरका प्रमुख धनराज आचार्य, महानगरका वडा नं. , १५ १७ का वडाध्यक्षहरू क्रमशः राममोहन आचार्य, तोरण बाँनिया राधिका शाही योगीको उपस्थितिमा तिनवटै वडाका स्थानीयबासीको रोहवर शनिवार बिहान भएको छलफल कुनै निष्कर्षमा पुगेन 

29Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected