२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

आइतवारदेख़ि पोखरा अन्तर्राष्ट्रिय विमान स्थल संचालनमा, पोखरा महानगरले भव्य समारोह गर्ने

पोखरा । ४५ वर्षअघि परिकल्पना गरिएको पोखराको अन्तर्राष्ट्रिय विमानस्थल आइतवारदेख़ि संचालनमा आउँदैछ । विमानस्थल संचालनका लागि भव्य समारोह गर्ने पोखरा महानगरपालिकाको तयारी रहेको छ । तयारीकै बीचमा आइतवार महानगरले महानगरका कर्मचारीलाई सार्वजानिक विदा समेत दिएको छ । विदा विमानस्थलमा हुने समारोहमा सहभागिता जनाउनका लागि दिएको हो । महानगरले स्थानीय तहमै विदा दिन समेत भनेको छ । अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने भएपनि अन्तर्राष्ट्रिय उडान भने अझै अन्योलमा रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थल उद्घाटन गर्नेछन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार उद्घाटनको सबै तयारी पूरा भएको छ । तर विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भने अहिले नहुने भएको छ । बुद्ध एयरले १ महिनाअघि देखि अन्तर्राष्ट्रिय उडानको अनुमति मागेपनि भारतबाट अहिलेसम्म अनुमति पाएको छैन् । अन्तर्राष्ट्रिय कम्पनीहरूले पनि पहिलो उडानको लागि चासो देखाएका थिए । तर भारतले बनारस उड्न सोझो रुट नदिएका कारण अहिले उडान नहुने भएको हो ।
धेरैले पहिलो दिन नै अन्तर्राष्ट्रिय उडान हुने बताइरहेका थिए । तर नेपालकै हिमालयन एयरलाइन्सले काठमाडौँबाट पोखरामा ठूलो जहाज अवतरण गर्ने छ । १० बजे उक्त विमान पोखरा ल्याण्ड हुने प्राधिकरणका पोखरा प्रमुख विक्रम गौतमले जानकारी दिए । उनका अनुसार अन्तर्राष्ट्रिय उडान आज नहुने भएको हो । ‘फेब्रेअरीबाट दैनिक १८ घण्टा संचालन गर्ने तयारी छ । यहाँ दुवई, कतार, जजिरा लगायतले उडानका लागि इच्छा देखाएका छन् । यहीकै बुद्धले भारतबाट उडान भर्ने अनुमति मागेपनि अहिलेसम्म अन्योल नै छ’ उनले भने । उनले घुमाउरो शैलीमा आजै अन्तर्राष्ट्रिय उडान नहुने र यसका लागि एक महिना बढी समय लाग्ने स्पष्ट पारे ।
विमानस्थल संचालनमा आएसंगै वार्षिक ५० करोड आम्दानी हुने नागरिक उड्डयन प्राधिकरणको अनुमान रहेको छ । उक्त विमानस्थलको बारेमा राम्रो प्रचार गर्नसके वाषर््िाक एक अर्ब रुपैयाँ आम्दानी हुने उनको भनाइ छ ।
विमानस्थल निर्माणका लागि नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङबीच २०७१ जेठ ८ गते ठेक्का सम्झौता भएको थियो । २०७३ बैशाख १ गते शिलान्यास भएको विमानस्थल निर्माणका लागि एक्जिम बैंकले १७ जेठ २०७४ देखि ऋण प्रवाह थालेपछि २०७४ साल असार २७ गतेदेखी काम सुरु भको थियो । चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिुङले निर्माण सुरु गरेको करिब ५ वर्षमा सम्पन्न गरेको हो । विमानस्थल निर्माण गर्न नेपाल सरकारले चीनको एक्जिम बैंकबाट २१ करोड २९ लाख अमेरिकी डलर (२७ अर्ब १४ करोड रुपैयाँ) ऋण लिएको छ । २१ मार्च २०१६ अर्थात् ८ चैत २०७२ मा भएको ऋण सम्झौता अनुसार ऋण लिएको २० वर्षभित्र तिरिसक्नुपर्नेछ । जसका लागि नेपालले वार्षिक ३३ करोड रुपैयाँ ब्याज तिर्नुपर्ने हुन्छ ।
पुरानो विमानस्थल प्रशिक्षण तथा पोखरा टावर बन्यो
गौतमका अनुसार हाल संचालनमा आइरहेको पोखरा विमानस्थललाई पोखरा टावरको रुपमा राखिएको छ । अब आन्तरिक उडान समेत नयाँ विमानस्थलबाट हुनेभएपछि पुरानो विमास्थललाई नयाँ विमानस्थलको टावरको रुपमा प्रयोग गर्न लागेको हो । ‘प्राविधिक भनाइमा अब त्यो विमानस्थल (पुरानो) फेला टावरको रुपमा रहन्छ । अर्थात त्यसलाई हामीले पोखरा टावरको नामाकरण गरेका छौं । त्यसले अब पोखराबाट दुरी र दिशा देखाउने काम गर्छ’ उनले भने,‘त्यो बाहेक त्यहाँबाट अल्ट्रालाइट, हेलिकप्टरले उडान भर्नेछ । मनाङ, मुस्ताङको लागि समेत सोही विमास्थल संचालनमा आउने छ ।’ ति बाहेक उक्त विमास्थललाई प्रशिक्षण स्थलको हव बनाउने तयारी भइरहेको उनको भनाइ छ । ‘यसलाई टे्रनिङको हबको रुपमा विकास गर्न चाहान्छौं । जसका लागि योजना अघि समेत बढेको छ । यहाँ पाइलट टे्रनिङ सेन्टरको रुपमा स्थापना गराउने लक्ष्य छ । त्यो भयो भने यसलाई टे्रनिङ सेन्टरको हब बनाउन सक्छौ ।’
अन्तर्राष्टिय विमानस्थल संचालनलाई अब कुनै बाधा छैन् ः मेयर धनराज
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विमास्थल संचालनका लागि कुनै बाधा नरहेको जानकारी दिए । महानगरपालिकामा समुद्घाटन समारोहबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले मुख्य समस्याको रुपमा रहेको ल्याण्डफिल साइडको अस्थाई र स्थाई दुवै प्रक्रिया अघि बढिसकेका कारण ल्याण्डफिल साइटका कारण अब विमानस्थल संचालनमा बाधा नआउने बताए । ‘अब ढुक्कका साथ विमास्थल संचालनमा आउँछ । हामीले हिजोमात्रै निकै मिहेनत पश्चात पोखराको लामेआहालमा फोहोर व्यवस्थापन गर्ने सर्वसम्मत गरेका छौं । अस्थाई रुपमा अब फोहोर त्यहाँ व्यवस्थापन हुन्छ’ उनले भने,‘त्यो बाहेक दीर्घकालिन रुपमा समाधान गर्न हामीले फोहोरलाई मोहोरमा बदल्ने गरि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीलाई आह्वान गरेका छौं । अबको दुईचार दिनमा त्यसको पनि टुंगो लाग्नेछ ।’ उनका अनुसार अब वैदेशिक रोजगारमा जान चाहनेका लागि श्रम, मेडिकल लगायतका काम पोखराबाटै हुने व्यवस्था छ । भैरहवामा जस्तो समस्या पोखरामा नभएको र सहजै यहिबाट काम गर्ने गरी व्यवस्थापन भएको हो । उनले विमानस्थल संचालनमा आउने खुसीयालीमा पोखराका सबै घरमा दिपावली गर्न समेत अनुरोध गरे । ‘यो हाम्रो ५० वर्षदेखीको सपना हो जुन सपना आज पुरा हुँदैछ । त्यसैले पोखराका हरेक नागरिकले आ-आफ्नो घरमा दिपावली मनाऔं ।’ अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शंकरराज पाठक र पदम खत्रीलाई नागरिक अभिनन्दन गरिने उनको भनाइ छ । दुवैजनालाई अभिनन्दन गरिने भनिएपनि पदम खत्री उपचारका बाहिर रहेकाले पाठकलाई मात्र गरिनेछ । यस्तै विहान पोखराको अमरसिंह चोकदेखी विभिन्न सांस्कृतिक झाँकी र्‍याली सहित नयाँ विमानस्थल जाने कार्यक्रम रहेको छ । त्यहाँ विभिन्न मनोरञ्जनका साथै औपचारिक कार्यक्रम समेत हुनेछ । विमानस्थल संचालनमा आएसंगै विमानस्थलभित्र दुई वटा सार्वजानिक बस चल्नेछन् । जसको भाडा दर रु. २० तोकिएको छ । यस्तै विमानस्थलदेखी फेवातालसम्म चार वटा बस संचालनमा आउनेभएको छ । जसले ४० रुपैयाँ भाडा लिनेछ ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…