२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

१२औं नगरसभा स्थगित

पोखरा । पोखरा महानगरपालिकाको १२ औं नगर सभा स्थगित भएको छ । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले सभामा जातिय विभेद गर्ने वडाअध्यक्ष माथि कडा कारवाहि हुनुपर्ने माग राख्दै रुष्टोममा पुगेरै विरोध गरेपछि स्थगित भएको हो ।
नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले जातिय भेदभाव गर्ने वडा अध्यक्षलाई पक्राउ गरिसकेपछि पनि सभामा प्रक्रिया विपरित एमालेले कालो पट्टि बाधेर विरोध गर्नु अनुचित कार्य नभएको भन्दै बहिस्कार गरेका थिए । कांग्रेसले सभा बहिस्कार गरेपछि स्थगित भएको हो ।

मुख्यमन्त्री सहभागिता सभामा कालो पट्टि लगाएर एमालेको विरोध

सोमबार मात्रै गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्ति भएका खगराज अधिकारीलाई पहिलो कार्यक्रममै एमालेले कालो झण्डा सहित विरोध गरेको कांग्रेसका जनप्रतिनिधिहरुको भनाइ रहेको छ । नगरसभामा उपमेयर मञ्जुदेवी गुरुङले स्वागत मन्तव्य राखेसंगै मुख्यमन्त्री खगराज अधिकारीले गमलामा पानी हाली सभाको उद्घाटन गरेलगत्तै एमालेका जनप्रतिनिधिले विरोध गरेका थिए । उनीहरुले महिला हिंसा, जातिय विभेदको अन्त्य गर भन्दै नारावाजी सहित आफ्नो कुरा राख्नपाउनुपर्ने बताएपछि मेयर धनराज आचार्यले माइक दिन भनेका थिए । लगत्तै कार्यपालिका सदस्य दिपक घिमिरे रुष्टोममा पुगेर वडा २४ मा भएको जातिय विभेदको घटनाप्रति कार्यपालिका सदस्यको ध्यानाकर्षण भएको भन्दै विरोध गरेका थिए ।
उनले आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेट अन्तरगत लक्षित बजेट परिचालनको विषयमा छलफलको क्रममा वडा अध्यक्षद्धारा वडा सदस्य नेपाली माथि केन्द्रित गरेर जातिय विभेद गरेको बताए । उनले नेपाली बाहेक अन्य दुई सदस्यमाथि समेत विभेद गरेको आरोप लगाए ।
उता एमाले प्रमुख सचेतक दलकी नेता राधिका कुमारी शाहीले आफुहरुको कुनै योजना नै नरहेको स्पष्ट पारिन् । उनले नगरसभामा विरोध गर्ने पक्षमा आफुहरु नरहेको सुनाइन् ।
कांग्रेस प्रमुख सचेतक दलका नेता दिवस मान प्रधानांगले कार्यसूची विपरित बोल्न दिएको प्रति आफुहरुको आपत्ति रहेको बताए । उनले सभामा विरोधको कुनै कार्यक्रम नरहेको र बोल्ने अधिकार समेत नरहेको अवस्थामा कार्यपालिका सदस्य रुष्टोममा पुगेर बोल्नु सह्य नभएको सुनाए । ‘हामीले जातिय विभेद विरुद्ध विरोध गरेका कारण विरोध गरेका होइनौं । कार्यपालिकामा विपरित तरिकाले गरिएको विरोधको विरोध गरेका हौं’ उनले भने ।
बहिस्कारका बीच मुख्यमन्त्रीको मन्तव्य


सभामा कार्यपालिका सदस्यहरले बहिस्कार गरी बाहिर निस्किएको अवस्थामा समेत मुख्यमन्त्री खगराज अधिकारीले मन्तव्य दिएर हिडेका छन् । नगरसभाको उद्घाटन समारोहमा पुगेका मुख्यमन्त्री अधिकारीले विरोध भएको विषयमा आफुले केहि गर्न नसक्ने तर कानूनी राज्यमा आफु रहेको समेत बताए ।
उनले प्रदेश सरकार माइला छोरा जस्तो भएको प्रतिक्रिया समेत दिए । ‘प्रदेश माइला छोरा भयो । कान्छो छोरा स्थानीय तह भयो जेठा माथि (संघ) भयो । पितृ कार्यमा माइला छोराको जिम्मेवारी त्यति हुँदैन जति जेठा छोरा र कान्छा छोराको हुन्छ’ उनले भने, ‘केन्द्रमा जाँदा केन्द्रकै कुरा ठूलो । अधिकारको कुरामा संघीय कानून ठूलो । अनि तपाईको स्थानिय तहमा तपाईहरु नै ठूलो ।’ उनले पोखराको विकासका लागि महानगरले प्रदेश सरकारलाई सहयोग गर्न आग्रह समेत गरे । उनले विकासको योजना अघि बढाउँदै गर्दा कसैको मन नदुखाई नसकिने समेत सुनाए । गण्डकी प्रदेश पर्यटकीय शहर भएकाले हालै संचालनमा आएको अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न समेत आवश्यक रहेको बताए ।
पक्राउ परे वडा अध्यक्ष अधिकारी


जातीय विभेद गरेको जाहेरीको आधारमा प्रहरीले पोखरा महानगरपालिका वडा २४ का वडा अध्यक्ष भरतबहादुर अधिकारीलाई पक्राउ गरेको छ । आफ्नै वडा सदस्य मैया नेपालीमाथि जातिय विभेद गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि उनलाई पक्राउ गरेको हो ।
नेपालीले आइतबार एक बजे प्रहरीमा जाहेरी दिएकी थिइन् । वडाअध्यक्ष अधिकारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
पुष १८ गते सोमबार वडामा स्थानीय आमा समूहहरलाई विभिन्न तालिम दिनका लागि छलफल डाकिएको अवस्थामा छलफललाई नै तालिमको उद्घाटन गर्ने तयारी भएपछि महिला वडा सदस्य सरस्वती त्रिपाठीले विरोध गरेकी थिइन् ।
अध्यक्ष अधिकारीले एकलौटि रुपमा उद्घाटन गर्ने भनि अडान लिदैँ गर्दा विरोध भएपनि नेपाली माथि खनिएर विभेदका भाषा प्रयोग गर्दै गालि गलौज गरेका थिए ।
अधिकारीलाई प्रक्राउ गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…