
म्याग्दी बेनी । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालको प्रथम बर्षको तेस्रो क्याविनेट मिटिङ शुक्रबार र शनिबार म्याग्दीको बेनीमा सम्पन्न भएको छ ।
मिटिङलाई सम्बोधन गर्दै प्रमुख अतिथि एलसीआईएफ एरिया लिडर राजन लम्सालले सामाजिक क्षेत्रमा नेपाली लायन्सहरुले पु¥याएको योगदान महत्वपूर्ण रहेको धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै विशेष अतिथि मल्टिपल काउन्सिल चियरपर्सन केशब पाण्डेले डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले सञ्चालन गरेका सामाजिक कार्यक्रमहरु तत्कालीन र दीर्घकालीन रुपमा निकै उपलब्धीपूर्ण रहेको बताए । उनले गभर्नर बसेलले दिर्घकालीन सोचले ल्याउनु भएका कार्यक्रमबाट आफु प्रभावित भएको समेत बताए ।
कार्यक्रमका अध्यक्ष एवं डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले आफ्नो कार्यकालमा ल्याएका कार्यक्रम जस्तै ‘मेरो क्लब पर्मानेट क्लब’ डिष्ट्रिक्टको मुख्य परियोजना डिष्ट्रिक्ट भवन निर्माण, मेम्बरशिप ग्रोथ लगाएतका कार्यले डिष्ट्रिक्ट मात्र नभई समग्रमा सकारात्मक प्रभाव पारेको विश्वास व्यक्त गरेका थिए । सो अवसरमा डिस्ट्रिक्ट गभर्नर बसेलले डिष्ट्रिक्टका विभिन्न पदमा रहेर उत्कृष्ट कार्यगर्ने लायन्स सदस्यहरूलाई डिजी मेड़लबाट र डिष्ट्रिक्टका मुख्य परियोजना डिष्ट्रिक्ट भवन निर्माणका लागि सहयोग पुर्रयाउने क्लब साथै लायन्स सदस्यहरूलाई सम्मानपत्रद्वारा सम्मान गरेका थिए ।
गभर्नरको यसबर्षको नारा “आई विलिभ इन टिम वर्क” ‘म टिम वर्कमा विश्वास गर्छु’ भन्ने स्लोगनको मर्म र भावना अनुसार सम्पुर्ण लायनहरुले आफुलाई समाज सेवाका लागि विशिष्ट खालका सामाजिक कार्य गर्नाले नै लायन्स अन्तरराष्ट्रियमा परिचित हुन सफल सफल भई इशामे फोरममा सम्मानित हुन सफल भएको बताउदै आफु निमित्त मात्र भएको यस्को सम्पूर्ण श्रेय तमाम लायन्स मेम्बर भएको बताए ।
बसेलले डिष्ट्रिक्ट ३२५ आई रिडिष्ट्रिक्टीङ पछिको पहिलो कार्यकाल भएकाले पहिलो प्राथमिकता जग बलियो बनाउन केन्द्रित भएको बताए । उनले कमजोर क्लबलाई विशेष ध्यान दिएर बलियो बनाउने, क्लब सदस्यहरूलाई आजिवन सदस्य बनाई पर्मानेन्ट क्लब बनाउन गरिएको पहलमा करिव ३० वटा क्लब पर्मानेन्ट क्लब बनि सकेका र डिष्ट्रिक्टको स्थायी सचिवालय बनाउन गरिएको पहलमा करिव ३५ लाख संकलन भैसकेको जनाए ।
कार्यक्रममा निवर्तमान मल्टिपल काउन्सिल चियरपर्सन मनबहादुर रोका, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना, पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्सालले डिष्ट्रिक्ट ३२५ आई नेपाललाई उत्कृष्ट डिष्ट्रिक्टका रूपमा स्थापित गराई गतिवान र सक्रिय बनाउनका लागि क्लबहरुले खेलेको भूमिका प्रति प्रशंसा गरेका थिए ।
कार्यक्रममा क्याविनेट सेक्रेटरी हरिराज पन्तले सचिव र ट्रेजरर सूर्यनारायण बराल कोषाध्यक्षको प्रतिबेदन पेश गरेका थिए ।
कार्यक्रममा डिष्ट्रिक्ट ३२५ वी १ नेपालका क्याविनेट अफिसरहरु, विभिन्न क्लबका अध्यक्षहरु, क्लब अफिसरहरु तथा क्लबका सदस्य सहभागी भएको क्याबिनेट सेक्रेटरी हरिराज पन्तले जानकारी दिए ।
तेस्रो क्याविनेट मिटिङको संयोजन डिष्ट्रिक्ट ग्लोवल मेम्बरशीप एप्रोच को– अर्डिनेटर सन्तोष रावल र म्याग्दीका साथै धवलागिरी क्षेत्रका सबै लायन्स क्लबहरूको संयुक्त रूपमा आयोजना गरेका थिए । संयोजक रावलले मोफसलमा आयोजना गरिएको डिष्ट्रिक्टको क्याबिनेट मिटिङऐतिहासिक बनाउन सम्पूर्ण तरहले सहयोग गर्नेहरूलाई धन्यवाद दिदै मायाको चिनोले सम्मान गरेका थिए ।
बैठकमा डिष्ट्रिक्ट ३२५ आई नेपालका अन्तर्गत रहेका क्लबहरूमा आवद्ध करिब ८ सय जनाको सहभागिता रहेको थियो । बैठक सुरु हुनुपुर्व बिहान बेनीमा प्रभातफेरी आयोजना गरिएको थियो ।













