२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खेलकुद

हिसान फुटसल कास्की जिल्ला छनौट शुरु

पोखरा । हिसान गण्डकीको आयोजनामा पोखरामा प्रथम हिसान फुटसल प्रतियोगिताको कास्की छनौट प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा शुक्रबार १३ खेल सम्पन्न भएका छन् । प्रतियोगिताको हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले रेफी सन्तोष गुरुङलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरे ।
सविन मेमोरियल क्लबको व्यवस्थापनमा भएको प्रतियोगिताको उद्घाटन खेलमा बालोदय माविले मदरल्याण्ड माविलाई १–० ले गोलले हरायो । त्यसै गरी दोस्रो खेलमा लिटिल स्टेपले स्टेपबाइस्टेपलाई २–० गोलले, स्पाइरल ग्यालरीले मर्निङस्टार स्कुललाई ट्राइबेकरमा हराएको छ । निर्धारीत २० मिनेटको खेलमा २–२ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो ।

शुक्रबार नै भएको चौथो खेलमा सगरमाथाले न्यु मोडललाई ४–१ ले, केफले न्यु ग्यालेक्सिलाई ३–२ ले शिसुनी केतनले मदरल्याण्ड ए लाई ३–० ले, माउण्ट अन्नपुर्णले हिल प्वाइटलाई ४–१, जेसिएले पोखरा मल्टिमोडललाई ४–१ ले हराउदै अर्को चरणमा प्रबेश गरेका छन् ।
२९ टिमले सहभागी प्रतियोगितामा ९ औं खेलमा डाइमण्ड स्कुलले न्युलाइटलाई २–१ ले, सृजनास्कुलले बालकल्याणलाई ४–१ ले, नेपाल आर्दश आवासियले रेम्बो एकेडेमीलाई ४–३ ले, ग्लोबल कलेजियटले पोखरा आर्दशलाई ७–३, कास्की मोडनाइजले सोसल पब्लिकलाई ५–० हरायो ।

प्रतियोगितामा हिसान गण्डकीको सदस्य विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका छन् । कास्की जिल्लाबाट ८ टिम छनौट भै प्रदेशस्तरीय प्रतियोगितामा सहभागीता जनाउने छन् । जिल्ला स्तरीय प्रतियोगिताको विजेता र उपविजेता टिम र उत्कृष्ट खेलाडीले मेडल, प्रमाणपत्र र ट्रफि प्राप्त गर्ने छन् ।

कास्कीबाट ८ र अन्य जिल्लाबाट ८ गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक सन्तोष पराजुलीले जानकारी दिए । फागुन पहिलो साता प्रदेशस्तरीय प्रतियोगिता हुने उनले बताए । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने छन् । पोखरा ४ गैरापाटनमा रहेको वि– फिट फुटसलमा छनौट प्रतियोगिता चलेको छ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा हिसान गण्डकीका अध्यक्ष रमाकान्त बराल, हिसान कास्कीका निर्वतमान अध्यक्ष डा रामजी शर्मा, सचिब ढाकाराम कँडेल लगाएतले प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न सहयोगी हुने बताए ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…