
पोखरा भ्यूज
७ माघ, पोखरा । राजधानी काठमाडौंलाई कर्मथलो बनाएर वकालत गर्दै आएका वरिष्ठ अधिवक्ता श्रीकान्त बराल गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त भएका छन् ।
उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालतका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले शनिबार पद तथा गोपनीयताको शपथ गराएका छन् ।
पोखरा २६ बरालडाँडा निवासी बराल गण्डकी प्रदेशको तेस्रो मुख्यन्याधिवक्ता हुन् । यसअघि लमजुङका राजन घिमिरे र पोखराका रोहितराज बाँस्तो उक्त पदमा वहाली भएका थिए ।
बाँस्तोलाले नयाँ सरकारको गठनसँग राजीनमा दिएपछि उक्त पद रिक्त थियो । मुख्यमन्त्री खगराज अधिकारीले वराललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेपछि उनी आजै पोखरा आएर सपथ लिएका हुन् । उनले सोमबार मात्र कार्यभार सम्हाल्ने स्रोतले बताएको छ ।











