२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खेलकुद

टाइगर कप भलिबल: महिलातर्फ सेमीफाइनलको समिकरण पुरा

file photo

पोखरा । तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ मा सेमीफाइनलको समिकरण पुरा भएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा खेलको चौथो दिन बुधबार महिलातर्फ सेमीफाइनलको समिकरण पुरा भएको हो ।
सेमीफाइनलमा लिग चरणका सबै खेल जितेर ९ अंक बटुल्दै शिर्ष स्थानमा रहेको शसस्त्र प्रहरीबलको एपिएफ क्लव संग लिग तालिकाको पुछारमा रहेको घरेलु टोल गण्डकी प्रदेश संग भेट पक्का गरेको छ । गण्डकीले लिग चरणमा कुनै खेल जित्न सकेन ।

त्यस्तै तीन अंक बटुल्दै अंक तालिकामा तेस्रो स्थानमा रहेको होबवान्जी न्यू डायमण्डले अंक तालिकामा दोस्रो स्थान प्राप्तगरी ६ अंक बटुलेको त्रिभुवन आर्मी संग भेट पक्का गरेको छ । न्यू डायमण्डले बुधबार भएको गण्डकी विरुद्धको खेल जित्दै तीन अंक प्राप्त गरेको हो ।

चौथो दिनको जारी प्रतियोगितामा महिलातर्फ विभागिय टोली शसस्त्र प्रहरीले आफ्नो अविजित यात्रालाई कायम गर्दै अर्को विभागीय टोली नेपाल आर्मीको त्रिभुवन क्लवलाई ३–१ को सेटमा पराजित गरेको छ भने घरेलु टोली गण्डकी न्यू डायमण्ड संग ३–१ को सेटमा पराजित हुन पुग्यो । राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीको कप्तानीमा तिन भारतिय खेलाडी सहित टाइगर कपमा सहभागी गण्डकीले जारी प्रतियोगितामा कुनै चमत्कारिक प्रदर्शन गर्न सकेन ।

बुधबार भएको पहिलो खेलमा न्यू डायमण्डले घरेलु टोली विरुद्ध खेल्दै पहिलो सेट २५–१९ ले गुमाउन पुग्यो । तर पछिल्ला तीन सेटमा खेलमा फर्किदै २५–१५, २५–१४ र २५–११ ले खेल जित्दै महत्वपूर्ण तिन अंक प्राप्त ग¥यो । उक्त खेलमा न्यू
डायमण्डकी सलिना बुढा प्लेयर अफ दि म्याच हुँदै नगद ५ हजार प्राप्त गर्दा न्यू डायमण्डकै बाल्मिका आचार्य वेष्ट स्पाइकर हुँदै नगद २ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।

त्यस्तै महिलातर्फ खेलमा अविजित शसस्त्र प्रहरीले नेपाल आर्मीलाई ३–१ को सेटमा पराजित गरेको छ । खेलमा पहिलो सेट २५–१७ ले जितेको एपिएफले दोश्रो सेट २५–२२ ले नेपाल आर्मीलाई सुम्पियो । तेस्रो सेट २५–१६ तथा चौथो सेट २५–१५ ले
जित्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

उक्त खेलमा एपिएफकी निरुता ठगुन्नाले प्लेयर अफ दि म्याच हुँदै नगद ५ हजार र सरस्वती चौधरी वेष्ट स्पाइकर हुँदै नगद २ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्न सफल रहे ।

महिलातर्फको सेमीफाइनल खेल बिहबार हुने आयोजकले जनाएको छ । खेल बिहान ९ बजे सुरु हनेछ ।

यता पुरुषतर्फको खेलमा आयोजक गण्डकी प्रदेशले विभागिय टोली नेपाल आर्मीको त्रिभुबन आर्मी क्लवलाई रोमाञ्चक पूर्ण खेलमा ३–२ को सेटमा पराजित गरेको छ । पहिलो सेट २५–२३ र दोश्रो सेट २५–२३ ले जित्दै आर्मीले गण्डकीलाई दबाबमा
राखे पनि पछिल्ला तिन सेट गण्डकी कम ब्याक गर्दै आर्मी माथी जित हासिल ग¥यो । तेश्रो सेट २५–२३, चौथो सेट २५–२२ र पाँचौ सेट १५–१३ ले गण्डकी खेल जितेको हो ।

खेलमा गण्डकीका घनश्याम चौधरी प्लेयर अफ दि म्याच र रबी केसी वेष्ट स्पाइकर घोषित भए । घनश्यामले नगद ५ हजार र रबीले नगद ३ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरे ।

यता विभागिय टोली एपिएफले आफ्नो अविजित यात्रा जारी राख्दै विदेशी टोली श्रीलंकाको सेन्ट जोशेफ भाज स्पोर्टस क्लवलाई ३–० को सोझो सेटमा पाखा लगाएको छ । निकै रोमाञ्चपूर्ण खेलमा तिन सेट नै एपिएफले २५–२३, २५–२३ र २५–२३ ले पराजित गरेको हो । खेलमा भाज स्पोर्टसका काविस्का र वेष्ट स्पाइकर एपिएफका विजय थापा घोषित भए ।

जारी प्रतियोगितामा एपिएफ ४ खेलमा ४ खेल जित्दै १२ अंकका साथ शिर्ष स्थानमा रहेको छ भने गण्डकी ३ खेलमा २ खेलमा जित र एक खेलमा हार व्यर्होदै ६ अंकका साथ दोश्रो, नेपाल आर्मी ३ खेलमा एक जित र २ हार सहित ४ अंक, नेपाल पुलिस तिन खेलमा १ जित र दुई खेलमा हारका साथ २ अंक तथा सेन्ट जोशेफ आफूले खेलेका तिन खेलमा नै हार व्यहोरेको छ ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…