२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खेलकुद

टाइगरकप भलिबल : महिलातर्फ साविक बिजेता एपिएफ र आर्मी उपाधिका लागि भिड्ने

पोखरा । ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ को फाइनलमा उपाधिका लागि साविक बिजेता एपिएफ र आर्मी भिड्ने भएका छन् ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगितामा च्याम्पियनसिपको फाइनलमा दुवै टोली फाइनलमा प्रवेश गरेका हुन् । जारी प्रतियोगितामा घरेलु टोली गण्डकीलाई ३-० को सोझो सेटमा हराउँदै एपिएफ लगातार फाइनलमा प्रवेश गरेको छ ।

पहिलो सेट १३-२५ को हार व्यहोरेको गण्डकी दोस्रो सेटमा १७-२५ र तेश्रो सेट २५-२१ ल्े जित्दै उपाधि नजिक पुगेको हो । यस अघि लिग चरणमा समेत एपिएफले गण्डकी माथि ३-० को सहज जित निकालेको थियो । जारी प्रतियोगितामा गण्डकीले कुनैपनि खेल जित्न सकेन । राउन्डरोविन लिगमा तिन र सेमिफाइनल गरी कुल चार खेल खेलेको गण्डकीको प्रदर्शन कमजोर रह्यो ।

यता अत्यन्तै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेमिफाइनल खेलमा आर्मीले न्यु डायमण्डलाई ३-१ को सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको छ । निकै रोमाञ्चक बनेको पहिलो सेटमा आर्मीले अग्रता कायम गरेपनि डायमण्डले लय समात्दै २५-२३ को जित हासिल गर्‍यो । पहिलो सेटमा हार व्यहोरेको आर्मीले दोस्रो सेट २५-१३ को सहज स्थितिले आफ्नो पक्षमा पार्‍यो । तेस्रो सेट २५-२२ ले आर्मीको पक्षमा रह्यो । चौथो सेटमा आर्मीले २५-१२ को जित निकाल्दै एपिएफ संगको भेट पक्का गर्‍यो ।

यता पुरुष तर्फ गण्डकी प्रदेशले सेमिफाइनलमा त्रिभुवन आर्मीको सामाना गर्ने भएको छ । राउन्ड रोविन लिग चरणको अन्तिम खेलमा गण्डकीले पाहुना टोली श्रीलंकाको सेन्ट जोसेफ भाज स्पोर्टस् क्लबलाई ३-० को सोझो सेटमा हराएको हो । पहिलो सेट २६-२४ ले जितेको गण्डकीले दोस्रो सेटमा २५-१४ को सहज जित निकाल्यो । तेस्रो सेट भने निकै रोमाञ्चक रह्यो । सुरुवात देखी नै अग्रता गुमाएको गण्डकीले २०-२२ को स्थितिलाई उल्टाएर २५-२३ को जित निकाल्यो ।

जितसंगै चार खेलबाट ८ अंकसहित गण्डकी दोस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको छ । जित विहिन पाहुना टोली सेन्ट जोसेफ लिगचरणबाटै बाहिरिएको छ । चार खेल खेलबाट एक अंक रहेको पाहुना टोली तालिकाको पुछारमा रहँदै बाहिरिएको हो । पाहुना टोली बाहिरिदा नेपाल पुलिस क्लबले अन्तिम चारमा स्थान सुरक्षित बनाएको छ ।
बिहिबार नै सम्पन्न लिगचरणको अन्तिम खेलमा त्रिभुवन आर्मीले नेपाल पुलिसलाई ३-० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा गण्डकीसंगको भेट पक्का गरेको हो । आर्मीले २५-१७, २५-१९ र २५-२३ ले हराउँदै तालिकाको तेस्रो स्थानमा रह्यो । आर्मीको कुल चार खेलबाट ७ अंक रहेको छ । पुलिसको भने चार खेलबाट २ अंक रह्यो । पुलिसले अब फाइनल प्रवेशका लागि निकै लयमा रहेको एपिएफको सामना गर्नेछ ।

आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशी दोब्बर बनाएकोे छ । महिला-पुरुष दुवैतर्फ उपाधी विजेता टिमहरुलाई रु ५-५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक-एक खेलाडीले जनही समान नगद रु २५-२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०-१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ८० लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता सफल बनाउन आयोजक सस्था टाइगुर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माको नेतृत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति र उपाध्यक्ष देवेन्द्र केसीको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…