२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

डिष्ट्रिक्ट ३२५ आई को गभर्नरमा केसीको मनोनयन दर्ता

पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको लायन बर्ष २०२३/२४ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा म्याग्दीका चन्द्रकुमार केसीले मनोनयन दर्ता गराएका छन । उनिसँगै प्रथम र द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नरमा पोखराका बिनोद ढुङगाना र काठमांडौंका पार्वती खरेल पाण्डेले मनोनयन दर्ता गराएका हुन् ।

सन २००७ देखि लायन्स अभियानमा सक्रीय केसी लायन्स क्लब अफ बेनी म्याग्दीका संस्थापक अध्यक्ष हुन् । त्यस्तै, ढुङगाना लायन्स क्लब अफ पोखरा अभियानका संस्थापक अध्यक्ष हुन भने खरेल काठमांडौं परोपकारका पूर्व अध्यक्ष हुन् ।

सोमवार काठमांडौंमा आयोजित एक समारोहमा डिष्ट्रिक्टका सिनियर लिडरको उपस्थितिमा डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम जिल्ला अधिवेशन नोमीनेशन कमिटीका चेयरपर्सन एवं पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साललाई मनोनयन पत्र बुझाएर तिन जनाले आ–आफ्नो दावी प्रस्तुत गरेका छन ।

मनोनयन दाखिला कार्यक्रममा लायन्स अन्तरराष्ट्रियका आईडि ईन्ड्रोर्सि बालकृष्ण बुर्लाकोटी, लायन्सका एलसिआईएफ एरिया लिड़र राजन लम्साल, डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, लायन्स मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालका निवर्तमान मल्टीपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका लगाएत डिष्ट्रिक्टका सिनियर लिडरहरूको उपस्थिति रहेको थियो ।

गतबर्ष लायन्स अन्तर्राष्ट्रियद्वारा नेपालमा कायम रहेका ४ वटा डिष्ट्रिक्टलाई १५ वटा डिष्ट्रिक्टमा रिडिष्ट्रिक्टीङ गरेको थियो । डिष्ट्रिक्ट ३२५ बि१ नेपालमा मात्र लायन बर्ष २०२२/२३ देखी ५ वटा डिष्ट्रिक्ट भएका थिए ।

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको फागुन २७ गते पोखरामा प्रथम जिल्ला अधिवेशन हुदैछ । सो अधिवेशनबाट डिष्ट्रिक्टको आधिकारिक नेतृत्व चयन हुनेछ । आउँदो बर्षका लागि डिष्ट्रिक्टले डिष्ट्रिक्ट गभर्नर, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर र द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर पाउनेछ ।

डिष्ट्रिक्ट ३२५ (I) आइ नेपालमा काठमाडौं सहितका १२ जना जिल्ला करिव १५५ क्लब र करिव ४ हजार सदस्य आवद्व रहेका छन । सम्भवतः रि–डिष्ट्रिक्ट पछि नेपालमा कायम रहेका १५ वटा डिष्ट्रिक्ट मध्ये डिष्ट्रिक्ट ३२५ आई(I) क्लब र सदस्यका हिसाबले ठुलो डिष्ट्रिक्ट रहेको पाईन्छ ।

केसी विगत १६ बर्ष देखी निरन्तर लायनवादमा सक्रिय रहि डिष्ट्रिक्टको महत्वपूर्ण पदमा सेवा, सक्रियता र योगदानका हिसाबले एउटा छुट्टै पहिचान र अस्तित्व बनाएका व्यक्ति हुन । कुनै पनि कार्यसम्पादनमा उनमा रहेको योजनाबद्वता, स्पष्टवादिता, पारदर्शिता, लगनशीलता, विषयगतको ज्ञान एवं क्षमता र दृढ़संकल्पले डिष्ट्रिक्टलाई आशातित ऊँचाईमा पुर्रयाउन सक्ने क्षमता उनमा छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…