
पोखरा भ्यूज
११ फागुन, काठमाडौं । अघिल्लो दिन वुधबार एकाएक बढेको शेयरबजारमा विहीबार पहिरो गएको छ । लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले अनियन्त्रित कर्जा लगानी, प्रोभिजन र लाभांशमा कडाई गरेसँगै शेयरबजार ओरालो लागेको अनुमान छ ।
बिहीबार लघुवित्त उपसूचकमा पहिरो गएपछि समग्र शेयर बजारमा ५७.७४ अंकको गिरावट आएको छ । लघुवित्तमा मात्र ९.५४ अंकको ओरालो यात्रा देखिएको छ । जसका कारण३९ वटा कम्पनीको सेयर मूल्य नेगेटिभ सर्किट लेवलमा कारोबार भयो ।
यसरी घट्नेमा सबै लघुवित्त कम्पनी छन् ।बिहीबार ४८ हजार १०५ वटा कारोबारबाट ६३ लाख २६ हजार १०५ कित्ता सेयर खरिदबिक्री भएको छ । बिहीबार २ अर्ब ५२ करोड २७ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ ।
घट्दो बजारमा पनि नेपाल हाइड्रोको मूल्य सबैभन्दा धेरै ४.८२ प्रतिशतले र सामलिङ पावर कम्पनी ४.७७ प्रतिशतले बढेको छ । यद्यपि छिमेक लघुवित्तको सबैभन्दा धेरै कारोबार भयो ।











