२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

प्रेस युनियन गण्डकीमा ८ विभाग गठन, सदस्यता शुद्धीकरण गर्न अध्यक्ष लम्सालको निर्देशन

पोखरा । नेपाल प्रेस युनियन गण्डकी प्रदेशले विभिन्न विभाग गठन गरेको छ । सोमबार पोखरामा बसेको कार्यसमिति बैठकले विभिन्न ८ वटा विभाग गठन गरेको हो । उपाध्यक्ष माधव रेग्मीको संयोजकत्वमा अनुशासन विभाग गठन भएको छ भने महासचिव प्रकाश ढकालको संयोजकत्वमा संगठन विभाग गठन भएको छ । यस्तै, कोषाध्यक्ष सन्देश पौडेलको संयोजकत्वमा आर्थिक समिति, उपाध्यक्ष संगीता केसीको संयोजकत्वमा प्रशिक्षण, अर्की उपाध्यक्ष शारदा झेंडी मगरको संयोजकत्वमा भ्रातृ तथा शुभेच्छुक संस्था समन्वय विभाग, सचिव नारायण रिजालको संयोजकत्वमा प्रचारप्रसार तथा प्रकाशन विभाग, सचिव अन्जना तिमिल्सेनाको संयोजकत्वमा महिला विभाग र अर्का सचिव मोहसिन अलिमियाँको संयोजकत्वमा अन्तराष्ट्रिय समन्वय विभाग गठन गरिएको छ ।
बैठकले प्रेस युनियनको सदस्यता वितरण र नवीकरणमा जोड दिएको छ । फागुन २० गतेसम्म नयाँ सदस्य र नवीकरणको विवरण जिल्लाले प्रदेशमा प्रदेशलाई सिफारिस गर्ने र २७ गतेभित्र प्रदेशले केन्द्रमा सिफारिस गर्ने निर्णय छ । सँगै सदस्यता शुद्धीकरणमा जोड दिन जिल्लाहरुलाई प्रदेशले आग्रह गरेको छ । सदस्यता नवीकरण र वितरणका लागि जिल्लासँग समन्वय गर्न सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई जिम्मेवारी दिइएको छ । यस्तै, बैठकले आगामी कार्यसमिति बैठक लमजुङमा गर्ने र बैठकको व्यवस्थापनका लागि कोषाध्यक्ष पौडेललाई जिम्मेवारी तोकिएको महासचिव प्रकाश ढकालले जानकारी दिए ।
बैठकलाई सम्बोधन गर्दै प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले संगठनको हितका लागि जिम्मेवार भएर खटिन सबैलाई निर्देशन दिएका छन् । उनले चैतभित्र जिल्ला अधिवेसन सम्पन्न गर्ने र त्यसपछि तालिमका कार्यक्रम सुरु गर्ने बताए । उनले जिल्लामा प्रेस युनियनले सन्चालन गर्दै आएको पत्रकारिता पुरस्कारको लगत संकलन गर्न पनि प्रदेश समितिलाई निर्देशन दिए । ‘प्रेस युनियनलाई रचनात्मक र क्रियाशिल बनाउन सबै एकजुट हुनुस् । अन्तरक्रियाका कार्यक्रमहरु सञ्चालन गर्नुस्,’ उनले भने, ‘सबै पत्रकारले विश्वास गर्न सक्ने गरी युनियनमा आकर्षण थपिने कार्यक्रमहरु गर्नुपर्छ । केन्द्रीय समिति तपाईंहरुको साथमा छ ।’ प्रदेश अध्यक्ष टंकराज अधिकारीको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज ऋषिकान्त पौडेलले संगठन क्रियाशिलता र व्यवसायिक पत्रकार उत्पादनमा युनियन सक्रिय हुनुपर्ने धारणा राखे । बैठकले हरेक ३ महिनामा प्रदेशका विभिन्न जिल्ला पुगेर घुम्ती बैठक गर्ने निर्णय गरेको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…