२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

व्यावसायिक शिक्षाको विकास र विस्तारमा सन्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया

पोखरा । व्यावसायिक शिक्षा एवं तालिमको विकास र विस्तारमा सन्चारकर्मीको भूमिका सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् गण्डकी प्रदेश कार्यालयले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिमको विकास र विस्तारमा सञ्चारकर्मिको भूमिका सम्बन्धी अन्तरक्रिया गरेको हो ।

ग्रामीण तालिम केन्द्र लमजुङमा आइतबार सिटिईभीटीका प्रदेश निर्देशक, तालिम केन्द्र प्रमुख र सन्चारकर्मीको उपस्थितिमा व्यावसायिक शिक्षा एवं तालिमको विकास र विस्तारमा संचार क्षेत्रको भुमिका विषयमा अन्तरक्रिया गरीएको हो ।

कार्यक्रममा निर्देशक प्रमोदभक्त आचार्यले कार्यपत्र प्रस्तुत गर्दै प्राविधिक शिक्षाको महत्त्व जनस्तरसम्म पुयाउनका लागि सन्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताए ।

व्यावसायिक शिक्षा एवं व्यावसायिक तालिममा आम जनताको आकर्षण बढाउन संचार क्षेत्रबाट निरन्तर सहयोग लागि उनले अनुरोध समेत गरे । सोही अवसरमा आचार्यले गण्डकी प्रदेश भित्र सिटिईभीटीले सञ्चालन गरिएका राम्रा अभ्यासका बारेमा जानकारी गराएका थिए ।
प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम कार्यक्रमहरुलाई जनस्तर पुर्याउने उद्देश्यले गण्डकी प्रदेश भित्रका स्थानीय तहको उप-प्रमुख/उपाध्यक्ष, शिक्षा शाखा प्रमुख र रोजगार संयोजकको उपस्थितमा TVET सञ्जाल गठन गरिएको बताए ।

यसका अतिरिक्त प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशले विकास गरेको तालिम तथा रोजगार व्यवस्थापन सूचना प्रणाली (Training and Employment Management Information System-TEMIS) को प्रयोग गर्न सहजिकरण गर्ने बारे समेत उनले जानकारी गराए ।

मन्त्रालयबाट तयार गरिएको यस TEMIS प्रणालीले प्रदेशको लागी आवश्यक प्राविधिक जनशक्तिको प्रक्षेपण गरी उक्त जनशक्ति आपूर्तिमा सहजीकरण गर्ने उद्देश्य राखिएको छ । यस प्रणालीमा विभिन्न ४ बटा खण्ड समावेश गरिएको छ । जसमा सीपमूलक तालिम लिन चाहने, रोजगारीको खोजीमा रहेका, कामदारको खोजीमा रहेका रोजगारदाता र सीप परीक्षण गराउन चाहाने व्यक्ति वा संस्थाहरुले आफ्ना विवरणहरु राख्नुपर्ने व्यवस्था गरिएको छ ।

जसले गर्दा तालीममा जोडिन चाहना भएका, तालीम मार्फत सीप आर्जन गरेकाले रोजगारीका अवसर पाउन र कामदार आवश्यकता पारेका रोजगारदातालाइ एक आपसमा सम्पर्क र समन्वय गर्न सहज हुनेछ ।

साथै निर्देशक आचार्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले हाल सम्म सम्पादन गरेका कामहरु र भावी कार्यदिशाका बारेमा समेत जानकारी राखेका थिए ।

कार्यक्रममा पत्रकार महासंघ लमजुङका अध्यक्ष परमेश्वर अधिकारीले प्राविधिक शिक्षालयहरुले सीपयुक्त जनशक्ति उत्पादन गरेर रोजगारीमा क्षेत्रमा उल्लेख्य काम गरेको भएता पनि यसको प्रचार प्रसारको कमीका कारणले हाल शिक्षालयहरुले उल्लेख्य संख्यामा विद्यार्थी पाउन नसकेको बताए

आगामी दिनहरुमा शिक्षालय र सन्चारकर्मीका बीच अन्तरक्रिया छलफल गरी भए गरेका कामहरुको सूचना तथा जानाकारी पत्रकारहरुलाई उपलब्ध गराउन सके कार्यक्रमहरु थप प्रभावकारी हुने उनको भनाइ थियो ।

त्यस्तै नेपाल प्रेस युनियन गण्डकीका अध्यक्ष टंकराज अधिकारीले एकै जनाले धेरै विषयको तालिम लिएर प्रमाण पत्र सिरानी राख्नु भन्दा एउटै विषयमा दक्ष हुनुपर्ने बताए । साथै तालिम लिएर सो विषयमा दक्षता हासीले गरी सिकेका सीपलाई व्यवहारमा उतार्न सक्नुपर्नेमा उनले जोड दिए । सिकेको सीपलाई आयआर्जनमा सँग जोडन सके मात्र नागरिकको जीवन स्तरमा परिवर्तन आउन सक्ने उनको भनाइ थियो ।

अन्तरक्रिया पश्चात कार्यक्रममा सहभागीहरुले परिषद् अन्तर्गत सञ्चालन भएका शिक्षालय र तालिम केन्द्रका साथै सञ्चालित परीक्षा समेत अनुगमन गरेका थिए ।

यसै क्रममा आङ्गिक शिक्षालयको रुपमा रहेको ग्रामीण तालिम केन्द्र लमजुङको अवलोकन भ्रमण गरी तालिम केन्द्रमा प्रमुख, प्रशिक्षक विद्यार्थीहरुसँग अन्तरक्रिया गरेको थियो ।

सो अवसमा सन्चारकर्मीहरुले प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण घटनुका कारण, परीक्षा संचालन तथा नतिजा प्रकाशनमा भएको ढिलाइ, कार्यक्रमहरुको प्रचार प्रसार र प्रभावकारीताका बारे जिज्ञासा र सल्लाह सुझाव राखेका थिए ।

अनुगमनका क्रममा तालिम केन्द्र प्रमुख टिकाराम तिमिल्सीनाले तालिम केन्द्रबाट सम्पादित कार्यहरुको बारेमा जानकारी गराएका थिए । साथै प्रशिक्षार्थीहरुले तयार गरेको कृषि फर्मको भ्रमण समेत गराएका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…