0Shares

पोखरा भ्यूज

२५ फागुन, काठमाडौं । बचत निक्षेप र कर्जाको ब्याजदरमा प्रिमियम घटाउने बैंकर्स संघको निर्णयले सेयर बजारमा वृद्धि भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से साढे २ प्रतिशत भन्दा बढीले वृद्धि भई २ हजार अंकको बिन्दुबाट माथि यात्रा तय गरेको छ ।

बिहीबार नेप्से ५०.०४ अंकले वृद्धि भएर २००२.७० अंकमा रोकिएको छ । बिहीबार हाइड्रोपावर उपसूचक सबैभन्दा बढी ३.५९ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी लगानी र जीवन बीमा उपसूचक ३ प्रतिशत माथिले वृद्धि भएको छ ।

त्यसैगरी विकास बैंक, लघुवित्त र निर्जीवन वीमा उपसूचक पनि करिब ३ प्रतिशतले वृद्धि भएको छ । नेप्सेमा विहीबारको कारोबार रकम डेढ अर्ब नाघेको छ । ३८ हजार १३१ वटा कारोबारमा ४५ लाख ६६ हजार ४३ कित्ता धितोपत्र कारोबार हुँदा १ अर्ब ५६ करोड ५६ लाखको कारोबार भएको छ ।

तीमध्ये शिवम् सिमेन्टको ७ करोड ८६ लाखको कारोबार भयो भने हिमालयन डिस्टिलरीको ५ करोड ७३ लाख र अरुण काबेली पावरको ४ करोड ७६ लाखको कारोबार भएको छ ।

 

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected