२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खेलकुद

नेपाल ट्रायथोलन सङ्घ गण्डकीको अध्यक्षमा सुमन देवकोटा

पोखरा । राष्ट्रिय खेलकुद परिषद्मा खेल सङ्घका रुपमा रहेको नेपाल ट्रायथोलन सङ्घले प्रादेशिक तहमा सङ्घलाई विस्तार गरेको छ ।
ट्रायथोलन खेलको प्रचुर सम्भावना रहेको गण्डकी प्रदेशमा खेलको विकास, विस्तार र देशका लागि आवश्यक राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्य सहित पहिलो पटक नेपाल ट्रायथोलन सङ्घ गण्डकी प्रदेश समिति गठन गरिएको हो ।
जिल्ला खेलकुद विकास समिति कास्कीका पूर्वअध्यक्ष समुन देवकोटाको अध्यक्षतामा गठन गरिएको समितिको उपाध्यक्षमा डिल्लीराज सुवेदी, सचिव विरेन शेरचन, सहसचिव अनिता रानाभाट र कोषाध्यक्षमा डिमबहादुर(देवेन्द्र) केसी चयन हुनुभएको छ ।
यसैगरी समितिको सदस्यहरुमा कृष्ण दवाडी, प्रमिश ताम्राकार, धनन्जय वाग्ले, सविना महर्जन र उज्वल शर्मा रहेका छन्।
नवगठित समितिका अध्यक्ष देवकोटाले गण्डकीमा ट्रायथोलन खेलको विकास, विस्तार र नयाँ खेलाडी उत्पादन सहित प्राविधिक जनशक्ति उत्पादन गर्ने प्रतिवद्धता जनाए ।
उनले भने,“पोखरामा हरेक वर्ष ट्रायथोलनको अन्तर्राष्ट्रिय प्रतियोगिता हुने गर्दछ तर प्राविधिक जनशक्ति, साधनन स्रोत सबै केन्द्रबाट ल्याउनुपर्ने अवस्था छ । अब पोखरामै हरेक कुराले सम्पन्न हुने गरी काम गर्नेछौँ । खेलको विस्तारमा लाग्नेछौँ ।”
नेपाल ट्रायथोलन सङ्घका केन्द्रीय अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले देशको सङ्घीय संरचना र पछिल्लो पटक जारी गरिएको खेलकुद विकास ऐन अनुसार गठन गरिएको पहिलो प्रादेशिक समितिले आफ्नो काम प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे ।
सुन्दर ताल तलैया र खेलका लागि आवश्यक पूर्वाधारका कारण पोखरा ट्रायथोलन खेलको हब बन्न सक्ने प्रचुर सम्भावना रहेको उनले औल्याए ।
श्रेष्ठले भने,“ट्रायथोलन विदेशमा समुन्द्रमा खेलिने गरिन्छ तर नेपालमा समुन्द्र नभएपनि फेवाताल, बेगनास जस्ता तालहरु भएकै कारण यहाँ प्रकृतिले समेत साथ दिएको छ । पोखरा ट्रायथोलनको अन्तर्राष्ट्रिय गन्तव्य बन्न सक्ने धेरै सम्भावनाहरु देखिसकेका छन्।”
सङ्घले पोखरामा वर्षेनी एशिया ट्रायथोलन कप र साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप आयोजना गर्दै आएको छ । आगामी दिनमा यसको व्यवस्थापनका लागि गण्डकी सङ्घ सक्षम हुने विश्वास व्यक्त गर्दै श्रेष्ठले केन्द्रबाट आवश्यक सम्पूर्ण सहयोग उपलव्ध गराउने विश्वास व्यक्त गरे ।
नेपाल ट्रायथोलन सङ्घका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेशका निर्वतमान प्रदेशसभा सदस्य दीपक कोइरालाले ओलम्पिक खेलका रुपमा रहेको ट्रायथोलनको खेल विकासका लागि नियमित प्रतियोगिताको आवश्यकता औँल्याए ।
प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङले नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गरे । जिल्ला खेलकुदमा सुमन देवकोटाले नेतृत्व लिँदा खेल क्षेत्रले कोल्टे फेरेको स्मरण गर्दै गण्डकी प्रदेशमा ट्रायथोलन खेल विस्तारमा नवगठित समिति सक्षम हुने भनाई राखे ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले पोखरा ट्रायथोलनका लागि देशकै हब बन्न सक्ने बताए ।
नवनिर्वाचित सङ्घलाई जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख डिबी नेपाली, गण्डकी प्रदेश भलिबल संघका कार्यबाहक अध्यक्ष हरिकुमार श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।
नेपाल ट्रायथोलन सङ्घले पोखरामा वर्षेनी एशिया ट्रायथोलन कप र साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप आयोजना गर्दै आएको छ । यही चैत १८ र १९ गते यी दुबै प्रतियोगिताको तेस्रो संस्करण यहाँ सम्पन्न भए ।
सन् २०१९ मा सुरु भएको ट्रायथोलन एसिया कप सन् २०२० र २०२१ मा विश्वभर फैलिएको कोभिड महामारीका कारण हुन सकेन । सन् २०२२ देखी हुन यसलाई निरन्तरता दिइएको छ ।
प्रतियोगिताले पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ । प्रतियोगितामा वर्षेनी विदेशी खेलाडीको सहभागिता बढ्दै जाँदा यसले खेल पर्यटनमा सहयोग गरेको खेलकुदकर्मीको भनाई छ ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…