२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

१८ औं फेवा महोत्सको तयारी अन्तिम चरणमा

पोखरा ।  होटल संघ पोखरा नेपालको आयोजनामा पोखराको लेकसाइडमा यही चैत २९ गतेबाट सुरु हुने तीन दिने १८ औं फेवा नब वर्ष महोत्सको तयारी अन्तिम चरणमा पुगेको छ ।
नयाँ वर्षको अवसरमा पोखराको लेकसाइड स्थित फिस्टेल गेटदेखि हल्लन चोकसम्मको सडकमा यो महोत्सव हुन लागेको हो । उद्घाटनका दिन खहरे चोकबाट सांस्कृतिक झाँकी सुरु भई अम्मटमा पुगेर उद्घाटन सभामा परिणत हुने संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिए । लाइभ संगीत, ख्याती प्राप्त कलाकारको गायन प्रस्तुती, सांस्कृतिक झाँकी र खानाका परिकार महोत्सवमा रहने उनले बताए । महोत्सवलाई लक्षित गरी प्रकाशित दररेटमा २० प्रतिशत छुट संघ अन्तर्गतका होटलहरुले प्रदान गर्ने संघले जनाएको छ । याक ब्रुअरीको बाह्रसिंगे वियर महोत्सवको मुख्य प्रायोजक रहेको छ ।
थला परेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्दै आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्धेश्यका साथ पर्यटन, संस्कृति र खानालाई जोड दिएर महोत्सव हुन लागेको हो । नेपाली नयाँ वर्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत प्रचारप्रसार गरी हर्ष, उल्लासका साथ मनाउँदै गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले संचालन हुने महोत्सवले गण्डकी प्रदेशको जातीय भेषभुषा, रहनसहन, खानपान, साँस्कृतिक पक्षहरुको उजागर र प्राकृतिक सम्पदाहरुको प्रर्वद्धन गर्ने विश्वास संघले लिएको छ ।
पछिल्लो क्रममा पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना र पृथ्वीराजमार्गको अव्यवस्थित तथा सुस्त गतिको स्तरोन्नतीले यस क्षेत्रको पर्यटन आगमनदरमा प्रत्यक्ष मार परेको अध्यक्ष सुवेदीले बताए । बाटो स्तरोन्नती हुनु राम्रो भए पनि काम सुस्त गतिमा हुँदा असर परेको उनले सुनाए । सडक मार्ग हुँदै मोटरसाइकलमा मुक्तिनाथ पुग्ने पर्यटकको संख्या पनि घट्न पुगेको उनले जानकारी दिए । सहज र सुरक्षित वातावरणमा मात्र पर्यटक घुम्न जाने विषय उनले उल्लेख गरे ।

बैंक तथा वित्तीय संस्थाका तर्फबाट एकतर्फी रुपमा बढाइएको ब्याजदरका कारण होटल क्षेत्र अहिले उकुसमुुकुसको अवस्थाबाट गुज्रनु परेको संघले जनाएको छ । पर्यटन क्षेत्र समस्यामा परे पनि आफूहरु धैर्यताका साथ आसावादी भएर बसेको अध्यक्ष सुवेदीले सुनाए । व्यवसायीले कोभिड अघि कमाएको पैसा र केही सुन तथा जग्गाको सहयोगमा विचमा बैंकको ऋण तिरिए पनि अहिले बैंकको साँवा र व्याज तिर्न सक्ने अवस्थामा व्यवसायी नभएको उनले बताए । नेपाल राष्ट्र बैंकले पुनर्कर्जा, पुनर्तालिकिकरण र राहातका कार्यक्रम ल्याउनुपर्ने माग उनले गरे । व्यवसायी बचाउने कार्यक्रम ल्याए मात्र पर्यटन बाँच्ने धारणा उनले राखे । नीति मार्फत् राष्ट्र बैंकले पर्यटनमा बैंक तथा वित्तीय संस्थाले १० देखि १५ प्रतिशत लगानी गर्नै पर्ने वाध्येकारी नीति ल्याउनु पर्ने सुझाव उनले दिए ।अर्कोतर्फ अहिलेको पर्यटकीय सिजनको ८० देखि ९० प्रतिशत वरपर अकुपेन्सी हुनुपर्ने त्यस्तो अकुपेन्सी २० देखि २५ प्रतिशत मात्र भएको सुवेदीले बताए । होटल टिक्न पनि ५० प्रतिशत अकुपेन्सी चाहिने उनले बताए ।

संघका महासचिव एवं महोत्सवका प्रचार संयोजक राजेन्द्र ढकालले कार्यक्रमको संचालन गरेका थिए । सो अवसरमा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, महोत्सवका सहसंयोजकद्वय दीपक श्रेष्ठ र गणेशराज पहारीको पनि उपस्थिति थियो ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…