२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

आलु महोत्सवमा जैविक विविद्यता सम्बन्धी कृषि गीत

पोखरा, २८ चैत । हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव अन्र्तगत आज तेस्रो दिन मंगलवार जैविक विविद्यता सम्बन्धी कृषि गीत प्रतियोगिता भएको छ ।
पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको सहजीकरणमा भएको उक्त प्रतियोगितामा वडा नं. ३३ को कृषि संजाल प्रथम, पुरुन्चौर स्थित उपकार आमा समूह द्वितीय, पोखरा २२ पुम्दीभुम्दी स्थित वेमौसमी तरकारी कृषक समूह तृतीय साथै हेमजा कृषि संजालको समूह सान्त्वना हुन सफल भए ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएसँगै ति समूहहरुले क्रमश रु.१० हजार, ७ हजार, ५ हजार, ३ हजार साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गरे । प्रतियोगितामा कृषि महाशाखाका अधिकृत दामोदर अधिकारी, हेमजाका अगुवा कृषक एवम् कलाकार बुद्धदेवी कुँवर एवम् कलाकार परशुराम अधिकारीले निर्णयकको भूमिका निर्वाह गर्नुभयो ।त्यस्तै महोत्सव अन्र्तगत मंगलवारबाट खुल्ला रत्यौली गीत प्रतियोगिता पनि सुरु भएको छ ।
महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ ।मंगलवार मात्रै ४ हजार बढी र हालसम्म १० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेको मूल आयोजक समितिका महासचिव बसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै महोत्सवका आलुको कारोवार पनि दिनप्रतिदिन बृद्धि हुँदै गएको छ । आलु किन्नकै लागि कास्की लगायत छिमेकी जिल्ला तनहुँ, पर्वत, स्याङजा, बाग्लुङ, म्याग्दीबाट समेत मानिसहरु हेमजा आउने गर्नुभएको छ । महोत्सव स्थल र बाहिरबाट समेत गरी हालसम्म करिव २० टन आलु बिक्री भएको कृषि परिचालन उपसमितिका संयोजक जयराम तिमिल्सीनाले बताउनुभयो।
हेमजामा फलेका आलु अन्य ठाउँको तुलनामा मिठो हुने र छिटो पाक्ने भएका कारण आलु किन्नकै लागि आफू हेमजा आएको तनहुँ खैरेनीटारकी बविता शर्माले स्पष्ट पार्नुभयो ।
महोत्सव अन्र्तगत आज मंगलवार लोकदोहोरीतर्फ शिव हमाल, शिवहरी ढुङगाना, तुलसा क्षेत्री, कृष्ण सुवेदी, बुद्धदेवी कुँवर, गोविन्द गायक साथै पपतर्फ उमेश, सन्जिव सिंह र ओम गुरुङले प्रस्तति राख्नुभयो ।
त्यस्तै बुधवार कलाकारहरु छत्र शाही, काजल जोशी, प्रेमराज अधिकारी, निशा सुनार, रक एन रक तथा गगन गुरुङका प्रस्तुतिहरु रहने प्रचारप्रसार उपसमिति संयोजक निराजन अधिकारीले जानकारी दिनुभयो ।
‘सुन्दर ठाउँ हेमजा जाआँैं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव गरिएको हो ।
महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निधान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम रहेका छन् । महोत्सव आउँदो बैशाख ३ गतेसम्म चल्नेछ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…