२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

अनलाईन पत्रकारिता तालिम सुरू

पोखरा, २ वैशाख । अनलाइन पत्रकारका लागि ३ दिने अनलाइन पत्रकारिता तालिम शनिबारदेखि पोखरामा सुरु भएको छ । अनलाइन पत्रकार संघ गण्डकीले सञ्चालन गरेको तालिममा पोखरा क्रियाशील अनलाइन पत्रकारहरुको सहभागिता रहेको छ । शनिबार लेखन कलाका भरत कोइराला र डिजिटल पत्रकारिताका विषयमा केशवशरण लामिछानेले सहजीकरण गरेका थिए । सहभागीहरुलाई पत्रकार आचारसंहिताका सम्बन्धमा रामशरण बोहरा, तथ्य जाँच र अनलाईन पत्रकारिताका विषयमा दिपक अधिकारीले प्रशिक्षण दिने कार्यकालिका रहेको संघका सचिव प्रल्हाद चन्द्र घिमिरेले जानकारी दिए ।


यसअघि तालिमको शुभारम्भ गर्दै गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापाले मन्त्रीको बधाईसँग बिदाई हुनुपरेको गुनासो गरे । सरकारको स्थायित्व नभएकोप्रति संकेत गर्दै उनले बधाई र बिदाई सँगसँगै भएको बताए ।
एकीकृत माओवादीको समर्थनमा एमाले नेता खगराज अधिकारीको नेतृत्वको गठन भएको सरकार हाल अल्पमतमा परेको छ । राष्ट्रपति निर्वाचनमा फेरिएको सत्ता समिकरणपछि गण्डकी प्रदेशमा माओवादीले एमालेलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारी अल्पमतमा परेका हुन् । उनले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्री अधिकारीले संसदमा विश्वासको मत लिने बताउँदै आएका छन् । यद्यपि उनले विश्वासको मत पाउने अवस्था छैन । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले वैशाख ९ गतेभित्र संसदमा विश्वासको मत लिने गरी प्रदेशसभा बैठक आव्हान गरिएको छ । यद्यपि मुख्यमन्त्री अधिकारीले अन्तिम समयमा राजीनामा दिने राजनीतिक विश्लेषकहरुको अनुमान छ ।

संघका अध्यक्ष गणेश बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिमिल्सिना, महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, अनलाइन पत्रकार संघ गण्डकीका उपाध्यक्ष सन्तोष बस्याल, महासचिव पल्हादचन्द्र घिमिरे लगाएत मन्तव्य राखेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…