२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

दमौलीमा बुद्धिजिवी भेलाले तनहुँको विकासका लागि भट्टराईलाई सघाउने प्रतिवद्धता

दमौली, २ वैशाख । यसैबीच तनहुँ मूलथलो भएका बुद्धिजिवीहरुको दमौलीमा सम्पन्न भेलाले तनहुँको विकासे मार्गचित्रका लागि कांग्रेस उम्मेदवार गोविन्द भट्टराईका पक्षमा समर्थन जनाउने निर्णय गरेको छ । तनहुँ उद्योग वाणिज्य संघको हलमा शनिबार सम्पन्न भेलामा सहभागीले तनहुँको स्थानीय विकास नै यहाँका नागरिकको प्राथमिकता भएको भन्दै त्यसलाई अघि बढाउन भट्टराई नै सक्षम पात्र भएको निष्कर्ष निकालेर सो निर्णय गरेको हो ।
निष्ठाको राजनीति गरेका र पदमै नरहेर पनि तनहुँको खानेपानी, विद्युत र बाटोघाटोमा योगदान भट्टराईले दिएका भन्दै नेतृत्वमा गएमा आफूहरुले उनीमार्फत नै विकासको मार्गचित्रमा सघाउने प्रतिवद्धता जनाए । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.जगदीशचन्द्र पोख्रेलले तनहुँमा पहिलेका तुलनामा विकासले गति लिएको भन्दै भट्टराई राजनीतिभन्दा विकासलाई प्राथमिकता दिने व्यक्ति भएकाले आफूहरुको साथ रहेको बताउनुभयो ।  भट्टराई विजयी भएमा जिल्लाको सडक सञ्जालदेखि अन्य भौतिक तथा मानविय विकासका लागि साथ दिने प्रतिवद्धता व्यक्त गर्नुुभयो । कार्यक्रममा ,शिक्षक, प्राध्यापक, कानुन व्यवसायी, कर्मचारी, डाक्टरलगायतका ठुलो संख्यामा बुद्धिजीवीहरूको उपस्थिति रहेको कार्यक्रमको सहजकर्ता डा.शेषरमण न्यौपानेले जानकारी दिनुभयो  ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…