२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार भट्टराईसँग अन्यको तुलना हुन नसक्ने : गुरूङ

तनहुँ, २ वैशाख । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईसँग अन्यको तुलना हुन नसक्ने बताउनु भएको छ । भट्टराईले जेल बसेको, पार्टीको पदमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक हाँकेको, त्यागी, निस्कङ्क व्यक्ति भएकोले जनताले मत दिनुपर्ने गुरुङले बताउनुभयो ।

तनहुँ लोकतन्त्र तथा विकास समाजले शनिबार दमौलीमा आयोजना गरेको ‘‘तनहुँ समग्र विकास र आसन्न उपनिर्वाचन विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । गोविन्द सुन हुनुहुनुहुन्छ,राजनीति र विकासमा कुनै योगदान नभएका जेल नबसेका उम्मेदवार पित्तल हुन्’ गुरुङले भन्नुभयो । ‘‘गोविन्द भट्टराई जनतालाई स्वतन्त्रता प्रदान गर्न र विकास गर्नको लागि जेल परेको नेता हो कुखुरा चोरेर जेल बसेको व्यक्ति हैन’’ उपसभापति गुरुङले भन्नुभयो, गोविन्द र अन्य उम्मेदवारमा आकाश र जमिनको फरक छ । त्याग, बलिदानी, आन्दोलनबाट  प्रजातन्त्रको स्थापना, पुर्नस्थापना तथा सङ्घीय गणतन्त्रको स्थापना भएको यसका विरुद्ध षयन्त्रण भएकाले सस्थागत गर्न गठबन्धन गरी सरकार निर्माण गरिएको बताउनुभयो । ‘‘अब देशमा समाजवादको यात्रामा अघि बढ्न, भ्रष्ट्राचारीलाई सोहोरेर फालेर सूशासन कायम गर्ने गठबन्धन गरिएको हो’’ गुरुङले भन्नुभयो ।
कार्यक्रममा काङ्ग्रेस नेता तथा पूर्वमन्त्री मिनेन्द्र रिजालले गोविन्द भट्टराई शालीन र धैर्यवान नेता भएको बताउनुभयो । नेता रिजालले पार्टी भित्र अहिले नैँ पाइहालौँ भन्ने प्रवृत्ति केही नेतामा देखिएको भए पनि तनहुँ १ का उम्मेदवार बनेका गोविन्द भट्टराईमा त्यस्तो कहिल्यै नदेखिएको भन्दै बरू उहाँ कुनै दिन पालो आउला भन्दै कुरेर बसेको नेता भएको बताउनुभयो ।  रिजालले  लोकतान्त्रिक इतिहाससँग जोडिएको तनहुँ १ मा भट्टराईलाई जसरी पनि जिताउनुपर्ने र त्यसको लागि बुद्धिजिवीहरुले प्रचार गर्नुपर्ने बताउनुभयो । कांग्रेसका उम्मेदवारका बारेमा कार्यकर्ताले चर्चा गर्नुपर्ने भन्दै उनले आफ्नो चर्चा नगरेर अरूको चर्चा गर्न आजैबाट छोडेर भट्टराईलाई भारीमतान्तरले जिताउनु पर्ने बताउनुभयो । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले केही महिना अगाडि भएको चुनावमा काङ्ग्रेसले धेरै मत फरकमा जितेको अवस्थामा अब वैशाख १० गते हुने निर्वाचनमा पनि अझै धेरै मत फरकमा चुनाव जित्ने बताउनुभयो  । कांग्रेस केन्द्रीय सदस्य शकर भण्डारीले अफ्ट्यारो परेको बेलामा सबै क्षेत्रका मानिसले पार्टीलाई सहयोग गर्नुपर्ने बताउनुभयो  । कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले बौद्धिक व्यक्तित्व भट्टराईमा तनहुँको विकास गर्ने सम्भावना देखेकाले आफूहरुको साथ रहने प्रतिवद्धता जनाउनुभयो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…