२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खेलकुद

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति कपको तयारी पुरा, सोमबारबाट सुरु हुने

पोखरा, १० वैशाख । गण्डकी प्रदेशस्तरिय राष्ट्रपति कपको सम्पूर्ण तयारी पुरा भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा बैशाख ११ र १२ गते सञ्चालन हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको परिषदले जनाएको हो । सोमबार (भोली) पोखरा रंगशालामा सुरु हुने प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सभाका सभामुख कृष्ण प्रसाद धितालले गर्ने परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिएका छन् ।

प्रतियोगिताहरु सञ्चालनका लागि सम्वन्धित खेल संघहरुलाई जिम्मेवारी दिएको परिषदका सदस्य सचिव घनश्याम पौडेलले जानकारी दिंदै शुरक्षाका लागि नेपाल प्रहरी गण्डकी प्रदेश, मेडिकलका लागि नेपाली सेना पश्चिम पृतना तथा मार्चपास व्यवस्थापनका लागि शसस्त्र प्रहरी मुक्तिनाथ बाहिनीलाई जिम्मेवारी दिएको उनले बताए ।

प्रतियोगितामा सहभागिताका लागि ११ जिल्लाका विभिन्न ६ खेलका ७२० खेलाडी पोखरा आइपुगेको प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले बताए । विद्यालयस्तरिय छात्र/छात्रा राष्ट्रपति कपमा मार्शल आर्टतर्फ उशु, तेक्वान्दो र कराते, टिम गेमतर्फ एथलेटिक्स, भलिबल र कव्वडीका खेलहरु सञ्चालन हुनेछन् ।

दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताबाट खेलाडी छनोट गरी यहि बैशाख १५ र १६ गते काठमाण्डौमा सञ्चालन हुने १३ औं राष्ट्रिय राष्ट्रपति कपमा सहभागिता जनाउने परिषदले जनाएको छ । छनौट हुन सफल खेलाडीहरुलाई एक दिने बन्द प्रशिक्षणमा राखिने छ भने प्रदेशको टिम १४ गते काठमाण्डौ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…