
19Shares
तनहुँ, १२ वैशाख । तनहुँ-१ बाट रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका स्वर्णिम वाग्लेले कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७ सय ९७ मतले हराएका छन् ।
वाग्लेले ३४ हजार ९ सय १९ मत ल्याउँदा भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गरेका छन्।

तनहुँ-१ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन् । आइतवार सम्पन्न भएको उपनिर्वाचनमा ६५ हजारभन्दा बढी मत खसेको थियो।
वाग्लेले कुल सदर मतको ५२ प्रतिशतभन्दा बढी हासिल गरेका छन्। दोस्रो स्थानमा रहेका भट्टराईले ३० प्रतिशत मत ल्याएका छन् भने खनालको मत प्रतिशत १३ छ।
19Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















