२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
अर्थ र वाणिज्य

अमेरिकी राजदूत थम्पसन पोउवा संघमा, आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिवद्धता

पोखरा,१५ वैशाख । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले स्थायित्व,खुलापन तथा महिला एवं सीमान्तकृत वर्गलाई मुलधारमा ल्याउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन्
। राजदूत थम्पसनले व्यवसायीहरुको दक्षता अभिवृद्धि,उद्यमशीलता र जलवायू परिवर्तनलगायतका क्षेत्रमा निजी क्षेत्रसँगको सहकार्य जारी रहने पनि उनको प्रतिवद्धता रहेको छ । राजदूत थम्पसनले शुक्रबार पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलसँगको भेटमा सो कुरा बताएका हुन् ।
पोखरा उद्योग वाणिज्य संघमा भएको भेटका क्रममा राजदूत थम्पसनले अमेरिकी सरकार हाल जारी सहयोगका परियोजनाहरुको निरन्तरताका साथै केही नयाँ कार्यक्रम सुरु गर्ने तयारीमा रहेको बताए ।  ती परियोजनाहरु नेपालको अर्थतन्त्र सुदृढीकरणको लागि भएको उनको भनाइ थियो । उनले भौगोलिक अवस्थितिका कारण पोखरा सूचना प्रविधि उद्योगको लागि उपयुक्त भएको पनि बताए ।‘पोखरा युवाहरुको रोजाइको सहर हो, सूचना प्रविधिका कामहरु जहाँ बसेर पनि  गर्न सकिन्छ,मात्र सही सीप चाहिन्छ,’उनले भने ।
उनले अमेरिकी सरकारबाट संचालित एमसीसी तथा अमेरिकी सहयोग नियोग (युएसएएड) मार्फत् भएका सहयोगले यहाँको विद्युत र यातायात एवं आर्थिक वृद्धिको लागि सहयोगी हुने विश्वास व्यक्त गरे । अमेरिकाले सन् १९६१ देखि संचालनमा ल्याएको पिस कर्प कार्यक्रम जारी रहने बताउँदै उनले आउँदो महिला पिस कर्पका स्वयंसेवक नेपाल आउने जानकारी दिए । ‘उनीहरुले शिक्षा र खाद्य सुरक्षाको क्षेत्रमा काम गर्नेछन्,’उनले भने ।
भेटका क्रममा राजदूत थम्पसनले पोखराको औद्योगिक एवं व्यावसायिक वातावरण,महिला र युवा उद्यमशीलताबारे चासो राखेका थिए ।
राजदूत थम्पसनसहितको प्रतिनिधिमण्डलाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष एवं वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले अमेरिकी सहयोगले यो क्षेत्रको विकासमा पु¥याएको योगदानको मुक्तकष्ठले प्रशंसा गरे । नेपाल–अमेरिका दौत्य सम्बन्धको ७५ वर्षे यात्राक्रमको चर्चा गर्दै उनले भने,‘सन् १९६१ देखि नेपाल आउन सुरु गरेका पिस कर्पका भोलेण्टियरबाट प्रदान गरिएको शिक्षा र व्यावसायिक तालिम एवं यो क्षेत्रको पर्यटन विकासको लागि प्रदान गरिएको सहयोगलाई  हामीले महत्वपूर्ण ठानेका छौँ ।’
कार्यवाहक अध्यक्ष कार्कीले पोखरा उद्योग वाणिज्य संघले उद्योगी÷व्यवसायीहरुको हकहित रक्षाका अलावा सामाजिक कार्य गर्दै आइरहेको पनि जानकारी गराए । पोखरा हिमालपार व्यापारको केन्द्र भएको बताउँदै उनले पोखरा उद्योग वाणिज्य संघ  पोखरा र समग्र गण्डकी प्रदेशलाई हस्तकला,बास्तुकलाको केन्द्र बनाउने अभियानमा लागेको जानकारी गराए । नविनतम् प्रविधिको उपयोग,उत्पादित बस्तुको ब्राण्डिङ र बजारीकरण गर्न नसक्दा नेपाली व्यवसायीहरु पछि परेको उल्लेख गर्दै उनले प्रविधि हस्तान्तरणको लागि अमेरिकासँग सहकार्य गर्न संघ तयार रहेको पनि बताए ।
संघकी उपमहासचिव शोभा गौतमले पछिल्लो समय पोखरामा महिला उद्यमशीलता फस्टाउँदै गए पनि महिलाकै नाममा सम्पत्ति नहुँदा, आवश्यक सीपको अभावले सोचेजस्तो अझै नभएको बताइन् । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यको पनि उपस्थिति रहेको थियो ।

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर सम्पन्न, शुक्रबारदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत रूपमा सञ्चालनमा…