
पोखरा, १५ वैशाखः नेपाली काँग्रेस गण्डकी प्रदेश समितिले गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्री सरस्वती अर्याल तिवारी लगायत प्रदेश सांसदहरूलाई आज बधाइ तथा शुभकामना दिएको छ ।
गण्डकी प्रदेश समितिको कार्यालय तेस्रापट्टी पोखरामा आयोजित कार्यक्रममा मुख्यमन्त्री, मन्त्री तथा सांसदलाई सम्मान गर्नुका साथै नेपाली काँग्रेस गण्डकी प्रदेश समितिले प्रदेशको समृद्धि र विकासका लागि तयार गरेको संकल्पपत्र, विपीको तस्बिर समेत हस्तान्तरण गरिएको थियो ।
नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रजातन्त्रको विकल्प नरहेको बताउँदै मुख्यमन्त्री सहित पार्टीका तर्फबाट जिम्मेवारी प्राप्त गर्ने जो कोही व्यक्ति मालिक नभै जनताको सेवक हुँ भन्ने भावनाका साथ काम गर्न आग्रह गरे ।
गण्डकी प्रदेशको समृद्धिका लागि नेपाली काँग्रेस गण्डकीले संकल्पपत्र तयार गरेको बताउँदै उहाँले यसलाई हृदयंगम गरी नीति तथा कार्यक्रम बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।
गण्डकी प्राकृतिक साधनस्रोतमा सम्पन्न भए पनि त्यसको उपयोग हुन नसकेको बताउँदै उहाँले यिनीहरूको अधिकतम प्रयोग मार्फत जनताका आवश्यकतालाई सम्बोधन गर्दै स्वरोजगार अभिबृद्धि गर्न सकिने बताए ।
जनतालाई सर्वोच्च ठानेर काम गरेमा कसैसँग डराउनु नपर्ने बताउँदै सभापति शर्माले विपीका विचारलाई आत्मसात गर्दै अघि बढ्न उहाँले आग्रह गरे ।
उक्त अवसरमा उनले मुख्यमन्त्री पाण्डे, नवनियुक्त मन्त्री सरस्वती अर्याल तिवारी, एवम् काँग्रेसका तर्फबाट निर्वाचित सांसदहरूलाई नेपाली काँग्रेस गण्डकीले तयार गरेको संकल्पपत्र र विपीको तस्बिर हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पछिल्ला समयमा लोकतन्त्र एवम् संविधानलाई असफल बनाउने गरि विभिन्न किसिमले अराजकता सिर्जना गर्ने प्रयास भइहेको बताउदै जनतालाई विश्वास दिलाउने किसिमले काम गर्नु अपरिहार्य भएको बताए ।
काँग्रेस नेतृत्वमा भए गरेका कामको प्रचार गर्न नसकिएको बताउँदै मुख्यमन्त्री पाण्डेले आगामी दिनमा सरकार र पार्टीबीच एक आपसमा समन्वय गदै अघि बढ्ने विश्वास व्यक्त गरे ।
काँग्रेस नेतृत्वको सरकारले गरेका राम्रा काम पार्टी मार्फत कार्यकर्ता एवम् आम जनतामाझ पु¥याउनु जरुरी रहेको बताउँदै उनले गण्डकी प्रदेशमा पाटीरृ र सरकारबीच एकआपसमा हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्वता गरे ।







सम्बन्धित खवर
















